सेयर बजार २३.८७ अंक बढेर २८२०.४४ विन्दुमा, १३ अर्ब १८ करोडको किनबेच



बिजमाण्डू
२०८२ फागुन २८ गते १५:२७ | Mar 12, 2026
सेयर बजार २३.८७ अंक बढेर २८२०.४४ विन्दुमा, १३ अर्ब १८ करोडको किनबेच


काठमाडौं। सेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक बिहीबार २३.८७ अंक बढेर २८२०.४४ विन्दुमा पुगेको छ।

Tata
GBIME

मंगलबार र बुधबार घटे‍को सेयर बजारमा बिहीबार होटल तथा पर्यटन, निर्जीवन बीमा कम्पनी र अन्य बाहेकका उपसमूहले बजार बढाएका हुन।

बैंकिङको सूचक सबैभन्दा धेरै २.०२ प्रतिशत बढेको छ। बजारमा १७६ कम्पनीका लगानीकर्ताले कमाएका छन्। सालपा विकास बैंक,रिलायन्स स्पिनिङ मिल्स र नेसनल हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

सूचकसँगै बजारमा कारोबार रकम पनि बढेको छ। बुधबार १३ अर्ब १८ करोड रुपैयाँको सेयर कारोबार भएकामा बिहीबार १४ अर्ब ५५ करोड १९ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

नेसनल हाइड्रोपावरको सबैभन्दा धेरै ६७ करोड ७९ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको संस्थापक सेयर ५६ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

बजारमा ७७ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। कुमारी सबल योजनाको सेयर मूल्य सबैभन्दा धेरै ३.७२ प्रतिशतले घटेको छ।