‘रास्वपाको करिब दुई तिहाइ मतसँगै स्वदेशी कच्चा पदार्थबाट स्टील बनाउने अर्बौंको उद्योग खोल्दैछौं’

बिजमाण्डू
२०८२ फागुन २६ गते ०९:१६ | Mar 10, 2026
‘रास्वपाको करिब दुई तिहाइ मतसँगै स्वदेशी कच्चा पदार्थबाट स्टील बनाउने अर्बौंको उद्योग खोल्दैछौं’


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचनमा दुई तिहाइ नजिक मत पाएसँगै राजनीतिक स्थिरता हुने अपेक्षाले निजी क्षेत्र उत्साहित भएको छ।

Vigo
GBIME
Tata

पछिल्लो समयमा कुनै दलले बहुमत नपाउँदा राजनीतिकसँगै नीतिगत अस्थिरता भोगेकाले खुलेर लगानी गर्न नसकेको निजी क्षेत्र अब ठूलो लगानीका लागि तयार देखिएको छ।

६/६ महिनामै सरकार परिवर्तन हुँदा नीतिगत अस्थिरताले आजित उद्योगी व्यवसायी अब ५ वर्षसम्म विगतको विकृति नदोहोरिने विश्वासमा लगानी विस्तारका लागि तयार देखिएको हो।

२०६२/०६३ को जनआन्दोलनपछि अर्थतन्त्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा दलहरुले आसेपासे पुँजीवादलाई प्रश्रय दिएका थिए भने पुराना औद्योगिक तथा व्यावसायिक ऐन नियमले समेत लगानीमा बाधा परेको थियो।

अब दुई तिहाईको सरकारले खुला र उदार अर्थतन्त्र अंगिकार गर्दै निजी क्षेत्रमैत्री ऐन नियम र आसेपासे पुँजीवादलाई पूर्णत हटाउने व्यवसायीहरुको अपेक्षा छ।

रास्वपाले पाएको मत र भावी दिनमा उद्योग व्यवसाय क्षेत्रमा आउने लगानी सम्बन्धमा नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुसँग गरिएको भिडियो कुराकानी।