ग्रामीण दूरसंचार विकास कोषको रकम मुद्दती खातामा राख्न एनटीएले आह्वान गर्‍यो बोलपत्र

बिजमाण्डू
२०८२ फागुन १२ गते १३:१७ | Feb 24, 2026
ग्रामीण दूरसंचार विकास कोषको रकम मुद्दती खातामा  राख्न एनटीएले आह्वान गर्‍यो बोलपत्र


काठमाडौं । नेपाल दुरसंचार प्रधिकरणले ग्रामीण दूरसंचार विकास कोषमा रहेको रकम मुद्दती खातामा लगानी गर्न वाणिज्य बैंकहरुलाई सिलबन्दी बोलपत्र आह्वान गरेको छ।

Vigo
GBIME
Tata

प्रधिकरणले मंगलबार सूचना प्रकाशन गर्दै वाणिज्य बैंकहरुलाई आफूले राख्न चाहेको रकम तथा प्रस्तावित ब्याजदर उल्लेख गरेर फागुन २६ गतेसम्म प्राधिकरणको आर्थिक शाखामा सिलबन्दी बोलपत्र पेश गर्न भनेको छ।

उक्त रकम प्राधिकरणले ६ महिनादेखि १ वर्षसम्मका लागि राख्न लागेको सूचनामा उल्लेख छ। सिलबन्दीको लागि पुँजी पर्याप्त अनुपात, निष्कृय कर्जा प्रतिशत, क्रडिट क्यापिटल डिपोजिट अनुपात, वैधानिम तरल अनुपात, खुद तरलता अनुपात र आर्थिक वर्ष २०८१/२०८२ को खुद नाफाको सूचकहरु अनिवार्य रुपमा खुलाएको हुनुपर्छ ।

प्राधिकरणले २०८२ असार मसान्तसम्मको वित्तिय विवरणको आधारमा हुनुपर्ने सूचनामा उल्लेख गरेको छ। यसको साथै बैंकले प्रस्ताव गरेको ब्याजदर कम्तिमा १५ दिन सम्मको लागि कायम हुने भनिएको छ।