नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-१ बाट चुनावी मैदानमा छन् कांग्रेसका निवर्तमान सांसद विनोद चौधरी। दोस्रोपटक सोही क्षेत्रमा उम्मेदवार बनेका उनले यसअघि तीन वर्षमा गरेका काम कारबाहीसमेत सार्वजनिक गरिसकेका छन्। पछिल्ला दिन चौधरी आफ्नो निर्वाचन क्षेत्रमा घरदैलोमा व्यस्त छन् भने बेलाहानीस्थित उनको सचिवालयमा पनि भिड बाक्लो देखिन्छ। विशेष महाधिवेशनपछि बदलिएको कांग्रेसलाई उनले साथ दिएका छन्। कांग्रेस नेतृत्वको सरकारले आर्थिक उदारीकरणलाई प्राथमिकता दिनेमा उनी विश्वास राख्छन्।
उनै चौधरीलाई बिजमाण्डूका प्रधान सम्पादक विज्ञान अधिकारीले सोधे – विनोद चौधरी चाहिँ मलाई निकै साहसी लाग्छ, किनभने जेनजी आन्दोलनको बेला आफ्नो घर जल्यो, उद्योग जल्यो, तर राजनीतिको प्यासनलाई चाहिँ निरन्तरता दिन्छु भन्ने जुन अठोट यो उम्मेदवारीले देखाउँछ, यो राजनीति, यो जलेको कुरा, अनि यो प्यासनलाई कसरी लिनुहुन्छ?
यो जेनजीको मुभमेन्ट भन्दाअघिको राजनीतिबाट पनि म सन्तुष्ट थिइँन। केन्द्रीय समितिदेखि बाहिर पनि म बोलिरहेको थिएँ। हामीजस्ता मान्छेले जतिसुकै प्रयास गरे पनि पोलिटिक्सको माध्यमबाट ठुला निर्णय गरेर ट्रान्स्फरमेटिभ काम गर्न सकिन्छ भन्ने मलाई जहिल्यै लागेको हो। त्यो गर्न पार्टीले प्लेटफर्म बनाइदिनुपर्ने हुन्छ। तर पार्टीले गरिदिएन। पृष्ठभूमि त्यही हो।
यही दल भन्ने छैन। मैले एमालेलाई पनि हेरेँ, संविधानसभाको बेलामा। यसपछि नेपाली कांग्रेससँग नजिकै बसेर कामै गरेँ। कसैले सोच्दै नसोचेको ठाउँमा आएर चुनाव लडेँ। ६-६ चोटि निर्वाचन जितेर पटकपटक मन्त्री भएको मान्छेलाई पराजित गरेर कीर्तिमान कायम गरेँ। जनताले जिताए मलाई।
तर हामीजस्तो राजनीतिक प्लेटफर्ममा इकोनोमीलाई राख्ने मानसिकता अझै अल्पमतमा छ। जनतालाई केन्द्रमा राख्ने मानसिकता अझै अल्पमतमा छ। विचार होइन आफूलाई केन्द्रमा राखेर तालमेल गर्ने, गठबन्धन गर्ने प्रवृत्ति हावी भयो। जोसँग फाइदा हुन्छ उसँगै गठबन्धन गर्ने प्रवृत्ति बन्यो। मनपर्ने पात्र ल्याएर तथाकथित सरकार चलाउने अभ्यास भयो। कुनै एजेन्डा चाहिएन, पर्फमेन्स चाहिएन। जनताले जे सुकै भनुन्, पार्टीभित्रकाले जेसुकै भनुन्, मिडियाले जेसुकै भनुन् भन्नेमा गयो। यसबाट जनता विरक्त भए।
विरक्त भएकै बेला जेनजी मुभमेन्ट भयो। यो बेला झनै उल्टो दिशामा गयो नेपाली कांग्रेस पार्टी। केन्द्रीय समिति ४५ दिन लामो चल्यो। मैले केन्द्रीय समितिमा भने पनि- यसरी राजनीति चल्न सक्दैन। यसरी देश चल्दैन। यसरी पार्टी चल्न सक्दैन। केन्द्रीय समितिमा नियमित महाधिवेशन कि विशेष भनेरै ४५ दिन चल्यो। लडाइ त कसले टिकट बाँड्ने भन्ने नै हो। मैले केन्द्रीय समितिमै बोलेँ।
जेनजी मुभमेन्टलाई नै बुझ्ने काम भएन नि !
हाम्रा घर जले, सबैथोक जले। यो भन्दा ठुलो कुरा त संसद जल्यो। सर्वोच्च अदालत जल्यो। शीतल निवास जल्यो।
जेनजीको मुभमेन्ट नन् डेलीभरीबाट भएको हो। भर्खरै स्कुल सकेर कलेज जाँदै गरेको युवाहरु निराशा छाएको थियो। युवाहरुको मनमा आएको फ्रस्टेसनबाट यो सिर्जना भएको हो। उनीहरु बाहिर नगई कामै नपाइने। उनीहरुले पठाउने रेमिट्यान्सको भरमा राज्य चल्ने, उनको घर पनि चल्ने। तर घर भावनात्मक रुपमा खोक्रो हुने। समाज टुट्ने, परिवार टुट्ने।
स्कुल ड्रेस लगाएर आन्दोलनमा आएका भाइबाहिनी उभिएको त सिम्बोलिक प्रोटेस्ट हो। यसमा त समाजको भावना पनि जोडिएको थियो नि त। यसपछि मलाई लाग्यो, यसबाट मुलुकले छुटकारा पाउनैपर्छ।

त्यसैको अभिव्यक्ति हो जेनजी मुभमेन्ट। स्कुल ड्रेस लगाएर आन्दोलनमा आएका भाइबाहिनी उभिएको त सिम्बोलिक प्रोटेस्ट हो। यसमा त समाजको भावना पनि जोडिएको थियो नि त। यसपछि मलाई लाग्यो, यसबाट मुलुकले छुटकारा पाउनैपर्छ।
अहिलेको पुरा गभर्नेन्स, पुरा पर्फमेन्स, एजुकेसन, हेल्थ, बेसिक इस्युहरु डेढ/डेढ सय अर्ब रुपैयाँ देशले बाहिर पढ्न पठाउने। घर बेचेर ऋण लिएर बाहिर पढ्न पठाउने उनीहरु बाहिरै बस्ने। बुढेसकालमा आफ्ना नातानातिना भेट्न जाने। मैले हवाई यात्रामा यस्ता करुणामय दृश्यहरु देखेको छु। त्यो किसिमको वातावरण छ अहिले पनि।
यहीँ युनिभर्सिटी खोल्ने कुरा, केही इन्स्टिच्युसन यही खोलौँ भन्ने कुरा गर्न नदिने। यही सबै कुरामा भएन भनेर म विशेष महाधिवेशनको पक्षमा खुल्ला रुपले सशक्त रुपले बहुत दह्रो रुपले उभिएको थिएँ।
एउटा उद्योगपति पार्टीको आन्तरिक राजनीतिमा यसरी पिल्लरका रुपपा उभिनु अर्को साहसको प्रतीक हो। तपाई एउटा उद्योगपति जोखिम लिन सक्छ भन्ने कुरा अगाडि नै देखिनुहुन्छ। माओवादी द्वन्द्वमा देहातमा उद्योग ल्याउनुभयो। त्यतिबेला व्यवसायको जोखिम लिनुभएको मान्छे राजनीतिको जोखिम अझै पनि छ, यो वेभमा जोखिम देख्नुभएको छैन?
परिस्थिति भयावह भएकै हो नि। जुनसुकै डिरेक्सनमा जान सक्ने किसिमको वातावरण बनेकै हो नि। जेनजीको मुभमेन्टपछि पनि बनेकै हो नि। भएभरका पुराना दललाई कम्प्लिट्ली रिजेक्ट गर्ने काम जेनजी आन्दोलनले गर्यो। नयाँ किसिमले बदल्ने चेन्ज गर्ने कुरा भएकै हो। जरा खोज्ने हो भने कहाँ हो कहाँ। जेनजीको नाममा कस्तो परिस्थिति बन्यो। पोस्ट जेनजी बन्यो। बंगलादेशकै कुरा गरौँ न, त्यहाँ त्यस्तै घटना भएका दलहरुको ५ वटा सिट आयो।
हराइसकेको बंगलादेश नेसनल पार्टी बीएनपीले दुई तिहाइ ल्यायो। अखिर डेलिभर गर्न न आधारशिला भएको पार्टी बलियो फाउन्डेसन भएको नेटवर्क भएको प्रेजेन्स भएको पार्टी त चाहिँदो रहेछ त। राइट इन्टेन्सन त चाहिने रहेछ नि। नेपालमा पनि नेपाली कांग्रेस यस्तै रुपमा नउभिएको हैन।
एक डेढ महिनाअघिको कुरा गर्ने हो भने नेपाली कांग्रेसको कुरा गर्न छाडिसकेको थियो। त्यस्तो स्थितिमा कहाँ जान्थ्यो त मुलुक? हामीहरु नउभिएको भए देशको राजनीति देशको भविष्य जेनजीको भविष्य कहाँ जान्थ्यो? वर्षौदेखि बनेको डेस्टिनी हो यो। मैले साच्चिकै संकल्प गरेको थिएँ, यसरी अगाडि बढ्न।
राजनीति भनेको ५० प्रतिशत काम हो, आफ्नो सोच हो, आफ्नो मिहिनेत हो। ५० प्रतिशत प्रारब्ध र डेस्टिनी हो। जेनजी मुभमेन्ट नभएको भए पार्टीभित्र यो बदल्नुपर्छ भन्ने कुराले जरो गाड्ने थिएन।

यस्तो रेसिलियन्स कसरी बन्छ?
मनभित्र केही गर्छु भन्ने अब्सेसन छ भने त्यसले शक्ति दिनेरहेछ। परिस्थिति पनि बन्ने रहेछ। झन अहिले त यो कुरामा कन्भिन्स पनि भइसके। नसोचेका मोडहरु आउँदो रहेछ। राजनीति भनेको ५० प्रतिशत काम हो, आफ्नो सोच हो, आफ्नो मिहिनेत हो। ५० प्रतिशत प्रारब्ध र डेस्टिनी हो।
जेनजी मुभमेन्ट नभएको भए पार्टीभित्र यो बदल्नुपर्छ भन्ने कुराले जरो गाड्ने थिएन। दुई पूर्वमहामन्त्रीज्युले साहसको प्रदर्शन गर्ने थिएनन्। त्यो चाहिँ साहस हो। यसबाट ऊर्जा लिएर त्यसलाई सपोर्ट गर्नुपर्छ भनेर लागेको हुँ।
तपाईंले देख्नुभएको डेस्टिनी के हो?
बहुत राम्रो परिस्थिति विकास हुँदैछ। टिकट बाँड्दा हुने अनइथिकल प्राक्टिसहरु हरायो। मेरिटबेस्ड पर्फमेन्स बेस्ड पार्टी बनेको छ। क्लियर एजेन्डासहित ‘भिजन-१०’ प्रतिज्ञापत्र सार्वजनिक भएको छ। यसको लजिकसहित प्रष्ट पनि पार्नुभयो। जनकपुरको आमसभा आफैंमा युनिक थियो। १०औं वटा रोड शोभन्दा उत्कृष्ट थियो। उपस्थिति हेर्दा अर्कै तहको थियो। मताधिकार भएकै मान्छे थिए। पर्पज लिएर आएकाहरु थिए। सभापति र उपसभापतिले पनि बदलिएको कांग्रेसको प्रष्ट सन्देश दिनुभयो।
यो परिवर्तन समय प्रकृति र बाध्यताले क्रिएट गरेको बहुतै सुखद डेभलभमेन्ट हो यो। बदलिएको नेपाली कांग्रेसको इन्टेन्सन र केपेबिलिटी १०० प्रतिशत ट्रस्टओर्थी छन्।
विशेष महाधिवेशनअघि तपाईंको सोच तपाईले एफएनसीसीआई, सीएनआईको नेतृत्व गरेको डबल डिजिट ग्रोथ भन्ने कुरा हाम्रो माइन्डसेटमा थिएन। मोदीको कुरा ल्याउनुभयो। विशेष महाधिवेशनअघि तपाईंको सोच अपहेलित गरिएको थियो। बदलिएको कांग्रेसले तपाईंको सोचलाई ब्लेन्डिङ गरेको छ त?
गर्या छ जस्तो लाग्छ मलाई। अझ बदलिएको कांग्रेसले इकोनोमिक एजेन्डालाई एकोनोमिक ट्रान्सफरमेटिभ एजेन्डालाई बोकेको छ, जसलाई विनोद चौधरीले जीवनभर बोकेर हिँड्यो। त्यसलाई पार्टीको भोलिको इन्ट्रगल पार्ट हो। प्योर पोलिटिक्सले मात्र चल्दैन। पोलिटिक्स र इकोनोमिक एजेन्डाको प्यारालल एजेन्डा बाहिर जानुपर्छ।
वेल ब्लेन्डिङ, क्यालिब्रेडेट एजेन्डा बाहिर जानुपर्छ। ५० वर्षको मेरो एक्टिभ लाइफमा उद्योगपतिको हैसियतमा एफएनसीसीआइको डेभलपमेन्ट, सीएनआईजस्तो क्रेडिबल अर्गनाइजेसन डेभलभ गर्ने कन्टेस्टमामा काम गरे। पार्लियामेन्टदेखि बाहिरका विविध एजेन्डामा ३० वर्षमा ३६ वटा गभर्मेन्ट भन्ने गर्छु म।
म अहिले जुन किसिमबाट पार्टीले रोल अफ प्राइभेट सेक्टर रोल अफ दि अदर पार्टनर इन गभर्नेन्स एन्ड रनिङ द स्टेट विथ प्रायोरिटिजलाई क्लियर्ली डिफाइन गरेर टेबलमा राखेर जसरी हामीले राम्रो अर्गनाइजेसन रन गर्छौ नि। प्रोफेसनल्ली वेल टार्गेटेट, सबै कुरा सेट गरेर राइट पर्सनलाई राइट ठाउँमा राखेर डेलिभरी गर्छु भनेर जुन कमिटमेन्ट गर्छौं नि त्यो किसिमको वातावरण पो कता-कता बन्न लागेको फील गरिराखेको छु।
कांग्रेसले ०४८ को ०५१ मा उदारीकरणको नीति ल्यायो। त्यसपछि विनोद चौधरी पनि मल्टी नेसनलिस्ट बन्ने ल्याकत राख्नुभयो नि हैन। जनकपुरको आमसभामा बदलिएको कांग्रेसका सभापतिले तपाईको नाम पनि मेन्सन गर्नुभयो। प्राइभेट सेक्टर फर्स्ट, इकोनोमी फर्स्ट भनेर तपाई आउनुभएको छ। कांग्रेसले लिडरसिप लिन सक्यो भने ०४८ देखि ०५१ को ग्रोथलाई पुनर्जीवित गरेर एक्सेलेरेट गरेर अगाडि बढाउन सकिन्छ?
जनकपुरको आमसभाको अन्यन्तै सिम्बोलिक सोच थियो। म खाली प्रतिनिधि पात्र मात्र हुँ। प्राइभेट सेक्टरको एउटा फेस हुँ। हामीले सेलिब्रेट नै गर्नुपर्ने सक्सेस स्टोरीको फेज। यसलाई सभापति गगन थापाले यसरी सोकेस गर्नुभयो कि यसले नेपाली कांग्रेसको मानसिकता, प्रोस्पेरेटीलाई भिजिबल रुपमा अगाडि ल्याउन सक्ने हातेमालो गर्नसक्नेसँग नेपाली कांग्रेस कुनै डबल स्टान्डर्ड पब्लिकली भन्नुले एकोनोमी एक्सपन्सनमा विश्वास गर्ने फोर्सले हाइले सपोर्ट गर्नुपर्छ भन्ने मेरो बुझाइ हो।
जनताले कसरी आफ्ना मत प्रयोग गर्छन् त्यो हेर्न बाँकी छ। एजुकेटेड पिपल आउँदैछन्। स्टेक होल्डरहरु आउँदैछन्। लिन भन्दा पनि दिन भनेर आउँदैछन्। सपना बोकेर आउँदैछन्।

सांसदमा हुँदा डेलिभरी नभएकोले मनभित्रभित्रै विद्रोह हुन्थ्यो। ती कुरा स्पिचमा ल्याउनुहुन्थ्यो। डेलिभरीको पाटोमा कसरी काम गर्न सक्छ? प्राइभेट सेक्टरले कसरी लैजान सक्छ सँगसँगै?
प्राइभेट सेक्टर पनि बदलिनु जरुरी छ। साहसको अंश कतै न कतै देखिनुपर्छ। जस्तै गलत नीति आए पनि ताली बजाउने मानसिकताबाट टाढा रहनुपर्छ। कुन भाषामा गर्नुहुन्छ त्यो आफ्नो चोइसको कुरा हो।
स्टेक होल्डरको कुराहरु छन्। फ्युचरमा ओभरअल स्ट्रक्चरल नै चेन्ज हुने देख्छु। त्यो भनेको आइटी नै हो। दुई खर्बको आइटीको मार्केट डेभलभ भइसक्यो। बदलिएको नेपाली कांग्रेसको एजेन्डालाई विश्वास गरेर त्यसको पक्षमा उभिनुपर्छ भन्ने मेरो मत हो। पोलिटिक्स नै गर्नुपर्छ भन्ने छैन।
राम्रा मान्छेले गर्नु पनि पर्छ। हामीजस्ता मानिस हिजो अल्पमतमा थियौँ। अहिले सिचुएसन बदलिएको छ। राम्रा-राम्रा मानिस प्रतिनिधि सभामा उम्मेदवार बनेका छन्। जनताले कसरी आफ्ना मत प्रयोग गर्छन् त्यो हेर्न बाँकी छ। एजुकेटेड पिपल आउँदैछन्। स्टेक होल्डरहरु आउँदैछन्। लिन भन्दा पनि दिन भनेर आउँदैछन्। सपना बोकेर आउँदैछन्।
सरकारले सके डइरेक्ट पार्टीसिपेट भए भयो। जो गर्न खोजिरहेका छन् उसलाई सपोर्ट गरे भयो। हाम्रो नकारात्मक मानसिकताको खेती हामी जहिल्यै गर्छौ नि आफू पनि नगर्ने, अरुले गर्न लाग्दा पनि सपोर्ट गर्नुको साटो खुट्टा तान्ने। अरु केही नसके आफू नजिकका मिडियालाई छिटा फाल्ने काम गराइदिने। मान्छेलाई कन्ट्रोभर्सीमा तान्ने। त्यो किसिमको लघुताभासबाट पीडित विकृत मानसिकता छाड्नुपर्छ।
आफ्नै ट्रान्सफर्मेसनको कुरा गर्नुभयो तपाईंले। वेभ आउँदा यसरी नै वेभको पछाडि लाग्ने धेरै प्राइभेट सेक्टर छ नि?
स्टेक होल्डरहरु सोल सर्चिङ गर्न सक्छन्। उनीहरुले सोल सर्चिङ गर्दा जसको कुनै जरो छैन, जसको दिगो आधार छैन। त्यस्तो स्ट्राटेजीमा हिँड्दा आफूलाई हानि नै गर्छ। आफूले स्ट्यान्ड त लिनैपर्छ। पार्टी आउँला जाला, संस्थामा भएको जेनेरेसनको इन्भेस्टमेन्ट त ग्रो हुनुपर्यो नि। कतिपय बिजनेस हाउसको नाममा उदाएकाहरु अहिले खोजेर हिड्नुपरेको छ।
अहिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जापानमा जाइबत्सु, मित्सुबिसी, मित्सुरी जस्ता कम्पनीलाई राज्यले साथ दिएर ग्लोबलाइजेसन गरो। कोरियाले यही मोडल फलो गरो। हुन्डाइ, सामसुङलाई कम्पनीलाई ल्याएर स्टेटले सपोर्ट गरेर ग्लोबल्ली बनायो। सिंगापुर, मलेसिया, कतार, यूएईजस्ता देशले संघीय फन्डमार्फत एक्सपान्सन गर्यो।
भारतले अर्कै मोडल चुज गर्यो। उसले अदानी आम्बानी टाटालाई ग्लोबालाइज गर्न हेल्प गर्यो। यी कम्पनी कहीँ जानेवाला छैनन्। जति हेल्प गरे पनि एक्सपान्सन भारतकै हुने हो। हिजो कुनै एउटा मोबाइल किन्न नेपाल छिर्नुपर्थ्यो। अहिले भारत वर्ल्डकै लार्जेस्ट मोबाइल फोनको एक्पोर्टर भइरहेको बेला छ। यो कसरी भइरहेको छ त यो त उद्यमीले गरिरहेको छ त। त्यो उद्यमीलाई सपोर्ट गर्ने कि नगर्ने। भोलिको दिनमा हाम्रो नेपाली कांग्रेसले पनि गर्ने त्यही हो।
अष्ट्रेलिया, युके, क्यानडा, इन्डिया पढ्न जानुपर्छ। त्यही इन्स्टिच्युसनलाई यहाँ ल्याएर कोल्यबोरेट गर्न सक्ने अवस्था बनाउँन। पर्पोज भनेको एफोर्टेबल एजुकेसन दिने हो, क्वालिटी एजुकेसन दिने हो।
जस्तो, नेपालमा पाँच हजार फाइनन्सियल इन्स्टिच्युसनहरुले १०-१० वटा स्टार्टअप गर्नैपर्छ। विथाइट इक्विटी गर्नैपर्छ। धेरै किसिमका स्टार्टअप फन्ड छन्। वर्ल्ड बैंकले २० मिलियन डलर दियो। श्रम मन्त्रालयलाई खै। योजना आयोगमा बस्यो खै। प्रधानमन्त्रीकै अफिसमा बस्यो। लामै लिस्ट छ स्टार्टअपको। ती लिस्ट खै?
पैसा नभएको मान्छेको हातमा पैसा जानुपर्यो नि। जोसँग आइडिया छ, जो युवा ३ वर्ष बाहिर बसेको छ। दुःखसुख गर्यो यहाँ केही गर्छु भन्यो भने उसको हातमा १०-२० लाख जानुपर्यो नि। जनकपुरमा पार्टी सभापतिले दुईवटा कुरा के भन्नुभयो भने जसले मेरो मन पनि छोयो। कुनै पनि परिवारले अस्पतालमा गएर गइसकेपछि बिल तिर्नु नसकेको कारणले मान्छे मर्न नपरोस्। निको नभएर अहिलेसम्म बिल राज्यको बीमा पोलिसीले तिर्छ। जिल्लाजिल्लामा हामीले त्यो लेभलको अस्पतालहरु बनाउनुपर्छ।
अर्को नेपालबाट बाहिर गएर नेपालीहरुलाई हामी देशभित्र फर्काउने हो। तर उनीहरुलाई लगानीकर्ता र रोजगारदाताका रुपमा फर्काउने हो। त्यो किसिमको वातावरण हामी बनाउने हो। इन्टरप्रेनर बनाउने हो। आफ्नो गाउँमा काम गर। बैंकको एउटा ब्रान्चले १० वटा स्टार्ट अप खोल्नैपर्ने बाध्यकारी स्थिति बनाउनुपर्छ।
चार खर्ब एग्रीकल्चर प्रडक्ट बाहिरबाट आइरहेको छ भनेर पार्टी सभापतिले भन्नुभयो। इन्टेन्सन सही हुनुपर्यो। राजनीतिको फ्युचर जोडिनुपर्यो। जनताले पर्फमेन्सको आधारमा भोट हाल्ने वातावरण बनाउनुपर्यो। अहिले जुन-जुन दल सडकमा आएका छन्, तिनीहरुको पर्फमेन्स खोज्यो भने गाह्रो होला।
तपाईंले अघिल्लोचोटि कमिटमेन्ट गर्नुभएको कुराहरु कतिपय पुरा हुँदैछ। अहिले नयाँ दल आउँदा आफ्नो पोजिसनलाई कहाँ राख्नुभएको छ?
मैले ३० महिना काम गर्न पाएँ। एक त क्षेत्र नै नयाँ हो मेरो लागि। यो ३६ महिनाको दौरानमा चारवटा सरकार बन्यो। यो बीचमा एउटा भन्सार कार्यालय खोलाउन समेत मलाई मुस्किल पर्यो। कोभिड अगाडि गुठीपर्सौनी र भुजहवा सामाजिक आवातजवातको लागि। कुनै सरसामान आउनजान हैन। दुलहीलाई हिँडाएर बोर्डर पार गर्नुपर्छ। कोही मान्छेको मृत्यु भयो भने हिँडाएर त्रिवेणी लानुपर्छ। त्यो एउटा खोल्नका लागि मैले चारवटा मन्त्रीलाई निर्णय गराएँ। चारैजना मन्त्रीले निर्णय गराउँदा पनि त्यो भन्सार खुलेको छैन।
यद्यपि भौतिक संरचनामा हामीले काम गरेका छौँ। बाटो पिच थिएन। औद्योगिक ग्राम बनेको छ। २५ तारेखमा सेमिनार फोरम हुँदैछ। ९० वटा इन्ड्रस्टिज आउँदैछ। डायलसिस सेन्टर खुल्दैछ धुलिखेल अस्पताललाई जोडेर। चिसापानीको अस्पताल बदलिएको छ। राष्ट्रकै सेकेन्ड लार्जेस्ट ट्रमा सेन्टर हाइवेको छेउमा बर्दघाटमा खुल्दैछ। ट्रान्सफरमेटिभ कामहरु ३० महिनामै भएका छन्। तर पनि काम गर्न धेरै बाँकी छन्।
कम्तीमा नमुना क्षेत्र बनोस् भन्ने मेरो चाहना छ। स्वास्थ्यको हिसाबले शिक्षाको हिसाबले र रोजगारीको हिसाबले। यी चुनौती छन्। मेरो प्राथमिकता यहाँको भाइबहिनी बाहिर काम खोज्न जान नपरोस्।

अबको एजेन्डा के हो नि तपाईंको?
यो क्षेत्रको जनताले बुझेका छन्। औद्योगिक ग्राम बन्न ३२ वर्ष लाग्यो। ३२ महिनामै कुनै उद्योग बन्छ भनेर सोच्न भएन। बलियो जग बसाउन सक्नुपर्यो। यो कम्तीमा नमुना क्षेत्र बनोस् भन्ने मेरो चाहना छ। स्वास्थ्यको हिसाबले शिक्षाको हिसाबले र रोजगारीको हिसाबले। यी चुनौती छन्। मेरो प्राथमिकता यहाँको भाइबहिनी बाहिर काम खोज्न जान नपरोस्। त्यसैका लागि यहाँ चुनावको मुखमा पनि इन्भेस्टमेन्ट समिट गर्दैछु।
तपाईं अब होलटाइमर पोलिटिसियन बन्नुभयो, गगनलाई पार्टीले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ, तपाईंलाई त्यो क्याबिनेटमा कहाँ देख्न पाउँछौ?
मेरो कुनै आकांक्षा छैन। पार्टी सभापति र पार्टीका निर्णयमा बस्ने नेताहरुले मलाई जुन ठाउँमा उपयुक्त लागेर काम दिनुहुन्छ म त्यही काम गर्छु। ट्रान्फरमेसन जर्नी हो अहिले, म पूर्ण रुपले त्यो काम गर्न लाग्छु। पार्टीले ल्याएको रोडम्याप पुरा गर्न म अनकन्डिसनल्ली लाग्छु।
म यो चेन्ज यो उमेर रहँदै हेर्न चाहन्छु। मैले पहिले पनि भनेको छु, स्वभिमानी नेपालीको रुपमा मेरो पासपोर्ट कुनै पनि इमिग्रेसनको अफिसमा टेबलमा ठोक्दा मुस्कान भरेको इमिग्रेसन अफिसरको अनुहार हेर्न चाहन्छु।










