एनसेलका ग्राहकलाई फुडमाण्डुमा विशेष छुट, प्याक किन्दा अब पाउनेछन् कुपन



बिजमाण्डू
२०८२ फागुन ६ गते १८:१८ | Feb 18, 2026
एनसेलका ग्राहकलाई फुडमाण्डुमा विशेष छुट, प्याक किन्दा अब पाउनेछन् कुपन

काठमाडौं । एनसेलले फुडमाण्डुसँग साझेदारी गर्दै नयाँ अफर सुरु गरेको छ। अफर अन्तर्गत एनसेलका ग्राहकहरुले एनसेलका कुनै प्याक खरिद गर्दा छुट कुपन पाउनेछन्।

Tata
GBIME
Nepal Life

अफर अन्तर्गत ९९ वा सोभन्दा बढी मूल्य रहेका अफरमा समावेश कुनै पनि एनसेल प्याकको खरिदमा ग्राहकहरूले १५० छुटको कुपन प्राप्त गर्नेछन्। उक्त कुपन फुडमाण्डुमा १ हजार वा सोभन्दा बढी मूल्यका विभिन्न परिकारका अर्डरमा प्रयोग गर्न सकिनेछ।

एनसेल डेटा, भ्वाइस वा कम्बो प्याक खरिद गर्ने ग्राहकहरूले छुट कुपन पाउनेछन्। ग्राहकहरुले यी प्याकहरू एनसेल एपमार्फत वा नजिकैको एनसेल पसलबाट खरिद गर्न सक्नेछन्। ग्राहकले प्याक लिएपछि छुट कुपन एसएमएसमार्फत प्राप्त गर्ने कम्पनीले जनाएको छ। यदि ग्राहकले एकभन्दा बढी अफरमा समावेश प्याक खरिद गरेमा उनीहरुले त्यही अनुसार एक भन्दाबढी १५० छुटका कुपनहरु प्राप्त गर्नेछन्।

यसरी प्राप्त कुपन फुडमाण्डुको मोबाइल एप वा आधिकारिक वेबसाइटमार्फत खाना अर्डर गर्दा प्रयोग गर्न सकिने जनाइएको छ।

कुपन जारी मितिदेखि २८ दिनसम्म मान्य रहन्छ र यो अरु कसैलाई दिन नपाइने जनाइएको छ। यो अफर एनसेलको रिन्यूवल प्याक, सापटी प्याक, र गिफ्ट प्याक खरिदमा लागू हुँदैन।