टोयोटाले हाइल्याण्डर एसयुभीलाई इभीमा ल्याउँदै, गरिएको छ उन्नत सुविधासहित डिजाइन



बिजमाण्डू
२०८२ माघ २९ गते १२:०१ | Feb 12, 2026
टोयोटाले हाइल्याण्डर एसयुभीलाई इभीमा ल्याउँदै, गरिएको छ उन्नत सुविधासहित डिजाइन

काठमाडौं। टोयोटाले हाइल्याण्डर एसयुभीलाई इलेक्ट्रिक संस्करणमा बजारमा ल्याउने तयारी गरेको छ। यो अमेरिकामा टोयोटाको पहिलो ब्याट्री इलेक्ट्रिक गाडी हो। कम्पनीले यो बीइभी अमेरिकामा एसेम्बल गर्नेछ। हाइल्याण्डर दुई भेरियन्ट एक्सएलई र लिमिटेडहरुमा प्रस्ताव गरिनेछ।

Tata
GBIME
Nepal Life

यसमा ७७ र ९६.८ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री उपलब्ध हुने छ। यसले रेन्ज ५१५ किलोमिटरको छ। यो एसयुभीको ब्याट्री आधा घण्टामा शुन्यदेखि ८० प्रतिशतसम्म चार्ज हुन्छ। यसमा फ्रन्ट ह्वील र रियल ह्वील ड्राइभ विकल्पमा आउछ।

यसमा भएको मोटरले ३४३ हर्सपावर र ४३८ न्युटर्नमिटर टर्क उत्पादन गर्छ।

टोयोटाले हाइल्याण्डरलाई पूर्ण रुपमा रि- डिजाइन गरेको छ र यसलाई उच्च क्षमताको ब्याट्रीहरुलाई व्यवस्थापन गर्न सक्नेगरी डिजाइन गरिएको परिमार्जित टीएनजीए-के प्लेटफर्ममा निर्माण गरेको छ। यो एसयुभी अब पहिलेको भन्दा फराकिलो र यसको ह्वीलबेस लामो छ।

यसको समग्र चौडाइ ७८.३ इन्च बनाइएको छ। ह्वीलबेस पनि १२०.१ इन्च बनाइएको छ। यसले एसयूभीको क्याबिन स्पेसलाई राम्रो बनाउछ। स्पोर्टी लुकको लागि यसको उचाइ थोरै घटाएर ६७.३ इन्च गरिएको छ।

टोयोटा हाइल्याण्डर पुरानो मोडल हाइब्रिड एवम् पेट्रोल/डिजल एसयुभी थियो। पहिलो पटक सन् २००० मा बजारमा आएको यो मिड‑साइज एसयुभी लोकप्रिय रह्यो र विशेषगरी अमेरिका, क्यानडा र जापानमा धेरै बिक्री भएको थियो। पेट्रोल र हाइब्रिड इन्जिन विकल्पसहित सात–आठ सिटर क्षमता, स्थिर ड्राइभिङ र भरपर्दो सुरक्षा फिचर यसको मुख्य विशेषता थिए।

बजारमा यसको बिक्री र कारोबार दुवै सकारात्मक रहे। बजारले रुचाएको मोडल भएकाले टोयोटाले इभीमा यसलाई नै नयाँ संस्करणका लागि छनोट गरेको हो।

कम्पनीले एसयुभीमा स्लिम डीआरएलसहितको ह्यामरहेड फ्रन्ट फेसिया दिएको छ। फ्लश डोर ह्यान्डल, बलियो फेन्डर फ्लेयर र एरोडायनामिक डिटेलिङ र क्याबिन भित्र १४ र १२.३ इन्चको दुई वटा टचस्क्रिन, १२.३ इन्चको डिजिटल ड्राइभर डिस्प्ले र ६४-रङको एम्बियन्ट लाइटिङ प्रदान गरिएको छ।

यो सेभेन सिटर एसयुभीमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो पनि उपलब्ध छ। सुरक्षाका लागि टोयोटा सेफ्टी सेन्स ४.० समावेश छ, जसले अपग्रेड गरिएको डिटेक्शन हार्डवेयर र सुधारिएको एडास फिचरहरु छन्। यसमा प्रि-कोलिजन सिस्टम, लेन ट्रेसिङ असिस्ट, प्रोएक्टिभ ड्राइभिङ असिस्ट र फुल-स्पीड एडाप्टिभ क्रूज कन्ट्रोल जस्ता फिचरहरु पनि यसमा राखिएका छन्।

टोयोटाले हाइल्याण्डर इभीमा ओभर–द–एयर (ओटीए) सफ्टवेयर अपडेट सुविधा पनि दिने जनाएको छ, जसले समय–समयमा गाडीको प्रणाली र सुरक्षा फिचर सुधार गर्न मद्दत गर्नेछ। साथै, यसमा फास्ट चार्जिङका लागि उच्च क्षमताको डीसी चार्जिङ सपोर्ट उपलब्ध रहनेछ।

अमेरिकी बजारलाई लक्षित गर्दै प्रतिस्पर्धी टेस्ला मोडल वाई र किआ इभी-९ सँग सीधा प्रतिस्पर्धा गर्ने लक्ष्य राखिएको छ।