सम्पत्ति छानबिन आयोगमा विवरण नबुझाउने खतिवडाको घोषणा, आयोगको वैधतामा उठाए प्रश्न



बिजमाण्डू
२०८३ असार ३ गते २२:१८ | Jun 17, 2026
सम्पत्ति छानबिन आयोगमा विवरण नबुझाउने खतिवडाको घोषणा, आयोगको वैधतामा उठाए प्रश्न

काठमाडौं। सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडाले सम्पत्ति छानबिन आयोग, २०८३ समक्ष आफ्नो सम्पत्ति विवरण नबुझाउने घोषणा गरेका छन्। आयोगको गठन र नियुक्ति प्रक्रियामा नै प्रश्न उठाउँदै खतिवडाले सम्पत्ति विवरण पेस नगर्न उद्घोष गरेका हुन्।

Tata
GBIME
Nepal Life

पूर्वन्यायाधीश खतिवडाले आफ्नो विवरण आयोगमा नबुझाइ सार्वजनिक भने गरेका छन्।

न्यायाधीश भइसकेको व्यक्तिको सम्पत्तिको छानबिन कार्यकारीको आदेश वा निर्णयबाट हुन नसक्ने खतिवडाको जिकिर छ। आयोगका अध्यक्षको नियुक्ति नै संविधानसम्मत नरहेको समेत खतिवडाको तर्क छ।

यसअघि आफूले सरकारले गठन गर्ने छानबिन आयोगको अध्यक्षता गर्न अस्वीकार गरेको तथ्य पनि खतिवडाले स्मरण गराएका छन्। मिटरब्याज पीडितको विषय, जेनजी आन्दोलन तथा संस्कृति विश्वविद्यालयमा भएको जग्गा अपचलनलगायतका विषयमा आयोगको नेतृत्व गर्न गरेको आग्रह आफूले अस्वीकार गरेको उनले बताएका छन्।

सर्वोच्चकै पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी उक्त आयोगमा बस्न नमिल्ने तर्क समेत खतिवडाले गरेका छन्।
भण्डारी नेतृत्वको आयोगले समय तोकेर पूर्वन्यायाधीशसँग समेत सम्पत्ति विवरण माग गरेका छन्। बहालवाला तथा अवकाशप्राप्त कर्मचारीहरुले समेत धमाधम विवरण बुझाइरहेका छन्।

यस्तो छ खतिवडाको सम्पत्ति विवरण