गृहमन्त्री अर्यालले गरे टेलिकमको प्रशंसा, ‘सञ्चारको पहुँच विस्तारका साथै आर्थिक समृद्धिमा योगदान छ’



बिजमाण्डू
२०८२ माघ २२ गते १६:१६ | Feb 5, 2026
गृहमन्त्री अर्यालले गरे टेलिकमको प्रशंसा, ‘सञ्चारको पहुँच विस्तारका साथै आर्थिक समृद्धिमा योगदान छ’


काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकभर सञ्चारको पहुँच विस्तार गर्दै आर्थिक समृद्धिमा नेपाल टेलिकमले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन्।

Tata
GBIME

अर्यालले बिहीबार नेपाल टेलिकमको २२औं वार्षिकोत्सव समारोहमा डिजिटल सेवा, डिजिटल साक्षरता र देशको समग्र आर्थिक विकासमा टेलिकमले उल्लेखनीय योगदान पुर्‍याएको बताए।

उनले दूरसञ्चार सेवा सम्पर्कको माध्यम मात्र नभइ शैक्षिक, आर्थिक र सामाजिक विकासको प्रमुख पूर्वाधार बनेको बताए। उनले ग्राहकको सेवामा ध्यान केन्द्रित गर्न टेलिकमलाई सुझाव दिए।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले टेलिकमले गुणस्तरीय सेवा विस्तार गर्दै दुर्गम तथा पिछडिएका क्षेत्रमा पहुँच बढाउने बताइन्।