प्रभु बैंकको प्रमुख कार्यकारीबाट अशोक शेरचनले दिए राजीनामा, नयाँ सीइओमा सुमन शर्मा नियुक्त हुँदै



बिजमाण्डू
२०८२ माघ २० गते ०९:२४ | Feb 3, 2026
प्रभु बैंकको प्रमुख कार्यकारीबाट अशोक शेरचनले दिए राजीनामा, नयाँ सीइओमा सुमन शर्मा नियुक्त हुँदै

काठमाडौं। २८ वर्ष लामो बैंकिङ करियरबाट अशोक शेरचन विदा भएका छन्। शेरचनले आइतबार प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा गरेका छन्।

Tata
GBIME
Nepal Life

उनको राजीनामा सोमबार बसेको संचालक समितिको बैठकले स्वीकृत समेत गरिसकेको छ। 

लामो समयसम्म व्यवस्थापकीय पद रिक्त राख्नु उपयुक्त नहुने भन्दै संचालक समितिले आग्रह गरेपछि शेरचनले राजीनामा गरेका हुन्। 

प्रभुमा अर्को माघमा उनको तीन कार्यकाल पुरा हुँदै थियो। प्रभु विकास बैंक र किष्ट बैंक मर्जरका बेला नायव प्रमुख कार्यकारी थिए। शेरचनसँग एनसीसी बैंक, एनबि बैंक, प्रभु फाइनान्स, प्रभु विकास बैंक हुँदै बैंकसम्म आइपुगेका थिए।

उनको नेतृत्वमा दर्जनभन्दा बढी संस्था मर्जर भएको थियो।  फाइनान्स हुँदा विकास बैंकहरुसँग मर्जर गरेका थिए। त्यसपछि किस्ट बैंक, ग्राण्ड डेभलपमेन्ट बैंक र सेञ्चुरी कमर्सियल बैंकसँग मर्जर गराएका थिए। यही बीचमा विकास बैंक र फाइनान्सहरुलाई समेत गाभेका थिए। 

प्रभु बैंकले ग्राण्ड बैंक एक्विजिसन गरेको एक दिनपछि नै सीइओको जिम्मेवारी शेरचनलाई दिइएको थियो। त्यसपछि उनी निरन्तर बैंकको व्यवस्थापकीय नेतृत्वमा थिए। उनी बैंकर्स संघको कार्य समितिमा पनि थिए। 

रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त हुँदैछन्। उनी तात्कालिन सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत थिए। लक्ष्मी बैंकसँग मर्जरपछि उनले छाडेका थिए। त्यसअघि माछापुच्छ्रे बैंकको समेत प्रमुख कार्यकारी अधिकृत थिए।