एनसेलको डेटा गोपनीयता र सूचना सुरक्षा सम्बन्धी आइएसओ २७००१ र २७७०१ मान्यता नवीकरण



बिजमाण्डू
२०८२ माघ १६ गते १६:३२ | Jan 30, 2026
एनसेलको डेटा गोपनीयता र सूचना सुरक्षा सम्बन्धी आइएसओ २७००१ र २७७०१ मान्यता नवीकरण

काठमाडौं । एनसेलले प्रतिष्ठित आइएसओ २७००१:२०२२ (आइएसएमएस) र २७७०१:२०१९ (पीआइएमएस)को आफ्नो मान्यतालाई नविकरण गराएको छ। यो नविकरणले ग्राहकहरुको विश्वासका लागि नयाँ मापदण्ड स्थापित गर्दै कम्पनीको सूचना सुरक्षा र डेटा गोपनीयतामा रहेको नेतृत्वदायी स्थानलाई थप सुदृढ बनाएको जनाइएको छ।

Tata
GBIME
Nepal Life

गत वर्ष एनसेल सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आइएसएमएस) र गोपनीयता सूचना व्यवस्थापन प्रणाली (पीआइएमएस) प्रमाणित हुने नेपालकै पहिलो दूरसञ्चार कम्पनी बनेको थियो। यो मान्यता र यसको नविकरणले ग्राहकहरुको सूचना सुरक्षा सुनिश्चित गर्ने एनसेलको प्रतिबद्धतालाई पुष्टि गरेको कम्पनीले उल्लेख गरेको छ।

नविकरण प्रक्रियाअनुसार आइएसओद्वारा तोकिएकोे निकायमार्फत अडिटर नियुक्त गरेर एनसेलमा सर्भेलेन्स अडिट गरिएको थियो। आइएसओ मापदण्डअनुसार मूल्यांकन गर्दै अडिटरले एनसेलका सूचना सुरक्षा तथा डेटा गोपनीयता सम्बन्धी सुशासन प्रक्रिया आइएसओद्वारा निर्धारित मापदण्ड अनुरूप रहेको एनसेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। यी मान्यताहरु आगामी एक वर्षसम्म मान्य रहने जनाइएको छ।

नविकरण भएका यी मान्यताहरुको स्कोपमा ग्राहक डेटा सेन्टर, ग्राहक सेवा र आईटी सर्भिसेजमा रहेका छन्। यसले एनसेलले गोपनीयता सुनिश्चित गर्ने अभ्यासहरुमा उच्चतम मापदण्डहरू पुरा गरेको एनसेलले जनाएको छ।

यी अन्तर्राष्ट्रिय मान्यताहरुले ग्राहकहरुका लागि सुरक्षा थप मजबुत बनाउँदै उनीहरुलाई आफ्नो व्यक्तिगत र संवेदनशील जानकारीहरु एनसेलमा सुरक्षित रहेको प्रत्याभुति प्रदान गर्दछ। साथै उनीहरूका जानकारीहरु अत्यन्तै सावधानी र उत्तरदायित्वका साथ कम्पनीले व्यवस्थापन गर्दै आएको प्रमाणित गर्दछ।

ग्राहक र साझेदारहरुका डेटा साइबर थ्रेट र अनधिकृत पहुँचबाट जोगाउन एनसेलले सशक्त उपायहरू कार्यान्वयन गरेको आइएसओ २७००१ मान्यताले सुनिश्चित गर्ने जनाइएको छ। त्यसैगरी, आइएसओ २७७०१ ले व्यक्तिगत डेटा सुरक्षा गर्न, उल्लंघनको जोखिमलाई कम गर्न र गोपनीयतामा उत्कृष्ट अन्र्तराष्ट्रिय अभ्यासको अनुपालन गरेको सुनिश्चित गरेको जनाइएको छ।  

आइएसओ मापदण्डहरु पालना गरेर एनसेलले ग्राहकहरूलाई उनीहरुको डेटा व्यवस्थापनमा अन्तर्राष्ट्रिय मापदण्ड प्रक्रिया पुरा गर्दै एक सुरक्षित प्रणालीले संरक्षण गरिरेहको सुनिश्चित गरेको उल्लेख गरेको छ। यी मान्यताहरुले एनसेलको पारदर्शिता र जवाफदेहीतालाई दर्शाउँछ जसले ग्राहकको विश्वास नै व्यवसाय सञ्चालनको केन्द्रबिन्दु रहेको सुनिश्चित गर्ने जनाइएको छ।

एनसेलका सिस्टमहरू सम्भावित अवरोधहरु न्यूनिकरण गर्ने, जोखिमहरू कम गर्ने, र व्यवसाय निरन्तरतालाई बढाउने गरी डिजाइन गरिएका छन् र कम्पनीले सबै प्रक्रियामा डेटा सुरक्षा र गोपनीयतालाई उच्च प्राथमिकता दिँदै आएको कम्पनीले जनाएको छ।