सानोथिमि बाल सुधारगृहमा दुई समूहबीच झडपपछि आगजनी, सशस्त्र पनि परिचालन (तस्विरहरु)



प्रवीण रानाभाट
२०८२ माघ ९ गते ११:०१ | Jan 23, 2026
सानोथिमि बाल सुधारगृहमा दुई समूहबीच झडपपछि आगजनी, सशस्त्र पनि परिचालन (तस्विरहरु)


काठमाडौं । भक्तपुरको सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी भएको छ। बाल सुधारगृहमा रहेका दुई समूहबीच भएको झडपमा आगजनी र तोडफोड भएको हो।

Tata
GBIME

आपसमा झडप भएपछि थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुंगाना नेतृत्वको टोलीले सुधारगृह पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो। प्रहरी टोलीलाई झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेको थियो स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलबाट ५० जना परिचालन भएका थिए।

मध्यरातमा भक्तपुर र काठमाडौंका वारुणयन्त्रले आगो निभाएका थिए। सुधारगृहमा भएको क्षतिको विवरण आउन बाँकी रहेको थिमि प्रहरी वृत्तले जनाएको छ।

उक्त गृहमा १४५ पुरुष र २४ महिला गरी १६९ जना छन्। अहिले स्थिति नियन्त्रणमा आएको भए पनि त्यहाँ बाक्लो संख्यामा उपस्थित सुरक्षाकर्मीले निगरानी गरिरहेका छन्।

सो सुधारगृहमा यसअघि पनि यस्तै झडप भएको थियो।