काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराउने क्रम जारी छ।
काठमाडौं ३ मा नेकपा एमालेबाट रामेश्वर फुयाँल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजु पाण्डे र उज्यालो नेपाल पार्टीबाट कुलमान घिसिङले उम्मेदवारी दर्ता गराइसकेका छन्।
गएको निर्वाचनमा यो क्षेत्रबाट नेपाली कांग्रेसबाट सन्तोष चालिसे निर्वाचित भएका थिए। एमालेबाट कृष्ण राई र रास्वपाबाट दुर्गा विक्रम थापा क्षेत्री प्रतिस्पर्धामा थिए।

यो पटक कांग्रेसले यो क्षेत्रबाट नयाँ अनुहार उठाउने तयारी गरिरहेको छ।

















