देशभर सोनाम ल्होसारको उल्लास, टुँडिखेलमा घोडा वर्षको स्वागतमा रम्दै तामाङ समुदाय



सुशील श्रेष्ठ
२०८२ माघ ५ गते १४:२८ | Jan 19, 2026
देशभर सोनाम ल्होसारको उल्लास, टुँडिखेलमा घोडा वर्षको स्वागतमा रम्दै तामाङ समुदाय


काठमाडौं। तामाङ समुदायले आज सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व विविध कार्यक्रम गरि मनाउँदै छन्।

Tata
GBIME

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ। आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।

तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ। यो पर्वका अवसरमा आज काठमाडौंको टुँडिखेल, स्वयम्भू, बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरिँदैछ।