बालेन पहिलो पटक रास्वपा केन्द्रीय कार्यालय घण्टीघरमा, स्वागत गर्न कार्यकर्ताको भीड



प्रवीण रानाभाट
२०८२ माघ ४ गते १७:२३ | Jan 18, 2026
बालेन पहिलो पटक रास्वपा केन्द्रीय कार्यालय घण्टीघरमा, स्वागत गर्न कार्यकर्ताको भीड


काठमाडौं। काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र साह (बालेन) पहिलो पटक घण्टीघर पुगेका छन्।

Tata
GBIME

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका साह मेयर पदबाट राजीनामा दिएर आइतबार चःमतीस्थित रास्वपाको पार्टी कार्यालय पुगेका हुन्।

बालेनलाई रास्वपा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल लगायतले स्वागत गरेका थिए। घण्टीघरमा बालेनलाई स्वागत गर्न रास्वपाका कार्यकर्ताहरूको भीड लागेको थियो। उनले त्यहाँ रहेको रास्वपाको चुनाव चिह्न समेत रहेको घण्टी बजाएका थिए।

बालेन २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरको प्रमुखमा निर्वाचित भएका थिए।

स्वतन्त्र उम्मेदवार बालेनले लौरो चुनाव चिह्नमा ६१ हजार ७६७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ र एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाएका थिए।

बालेनले अब रास्वपाबाट राजनीति गर्ने छन्। बालेनले गत पुस १३ गते रास्वपाका सभापति रवि लामिछानेसँग रास्वपा प्रवेश गरी राजनीति गर्ने सहमति गरेका थिए।

फागुन २१ गतेका लागि तय प्रतिनिधि सभा निर्वाचनमा झापा-५ बाट उम्मेदवारी दिने बालेनको तयारी छ। झापा-५ बाट पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि उम्मेदवारी दिंदैछन्।