काठमाडौं। सुनचाँदीको मूल्य क्रमिक घट्न थालेको छ। अघिल्लो दिनको भन्दा १ हजार १ सय रुपैयाँ घटेर बुधबार लागि कारोबार मूल्य प्रति तोला २ लाख ६१ हजार रुपैयाँ भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि एकैदिन ७ हजार ९ सय रुपैयाँले घटेर मंगलबार प्रति तोला २ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। गत सोमबार सुन प्रति तोला २ लाख ७० हजार थियो।
चाँदीको मूल्य पनि घटेर प्रति तोला ४ हजार ४ सय ७० रुपैयाँ कायम भएको छ। अघिल्लो दिनका तुलनामा तोलामा १२० रुपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रति औंस ४३३४.८८ डलर र चाँदी प्रतिऔंस ७१.८३ डलरले कारोबार भइरहेको छ। मंगलबार सुन प्रति औंस ४३६४.७६ डलर र चाँदी ७४.२४ डलर थियो।











