५ महिनामा भित्रियो सवा १९ अर्बको स्मार्टफोन, मंसिरमा मात्रै ३ अर्बको आयात



बिजमाण्डू
२०८२ पुष ७ गते १५:४१ | Dec 22, 2025
५ महिनामा भित्रियो सवा १९ अर्बको स्मार्टफोन, मंसिरमा मात्रै ३ अर्बको आयात

काठमाडौं । पछिल्लो ५ महिनामा स्मार्ट फोनको आयातमा उल्लेख्य वृद्धि आएको छ।

Tata
GBIME
Nepal Life

चालु आर्थिक वर्षको ५ महिनामा करिब १९ अर्ब १३ करोड ६९ लाख ५२ हजार रुपैयाँको १० लाख ७० हजार ६८० थान फोन आयात भएको छ।

चालु आर्थिक वर्षको ४ महिनामा (कात्तिकसम्म) १६ अर्ब १५ करोड रुपैयाँको ९ लाख ४३ हजार ८२६ थान फोन आयात भएको थियो। मंसिर महिनामा मात्रै थप ३ अर्ब बराबरको फोन आयात भएको हो।

गत आर्थिक वर्षको मंसिरसम्म १५ अर्ब १८ करोड ११ लाख १८ हजारको ९ लाख ९० हजार ७५४ थान फोन आयात भएको थियो।