सामसङले नेपालमा सार्वजनिक ग‍र्‍यो ग्यालेक्सी ट्याब ए११+, मूल्य ३५ हजार र ४८ हजार रुपैयाँ



बिजमाण्डू
२०८२ मंसिर १९ गते १२:०१ | Dec 5, 2025
सामसङले नेपालमा सार्वजनिक ग‍र्‍यो ग्यालेक्सी ट्याब ए११+, मूल्य ३५ हजार र ४८ हजार रुपैयाँ

काठमाडौं । सामसङले नेपालमा नयाँ ग्यालेक्सी ट्याब ए११+ सार्वजनिक गरेको छ। विद्यार्थी, परिवार र दैनिक प्रयोगकर्ताका लागि डिजाइन गरिएको यो ट्याबलेटमा स्मार्ट एआई क्षमता, शक्तिशाली पर्फमेन्स र प्रिमियम मेटल फिनिशको आकर्षक संयोजन रहेको कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life

अपग्रेड गरिएको डिस्प्ले, क्वाड स्पिकर, मजबुत मल्टिटास्किङ र दीर्घकालीन सफ्टवेयर अपडेट समर्थनले ग्यालेक्सी ट्याब ए११+ लाई एक सुलभ मूल्यमा उन्नत अनुभव प्रदान गर्न सक्षम बनाउने कम्पनीको दाबी छ।

नयाँ ग्यालेक्सी ट्याब ए११+ मा सिल्भर र ग्रे कलर विकल्पसहितको स्लीक मेटल डिजाइन छ। ११-इन्चको इमर्सिभ डिस्प्लेले मनोरञ्जन, अनलाइन अध्ययन र उत्पादकतामा स्मूथ स्क्रोलिंग तथा उत्कृष्ट भिजुअल अनुभव दिन्छ। डब्ली एट्मससहितका क्वाड स्पिकरहरूले चलचित्र, क्लास वा संगीत जुनसुकै प्रयोगमा समृद्ध र सन्तुलित ध्वनि प्रदान गर्ने जनाइएको छ।

४एनएम मेडियाटेक एमटी८७७५ प्रोसेसरले यस ट्याब्लेटलाई स्ट्रीमिङ, मल्टिटास्किङ र लर्निङ एप्सका लागि द्रुत र प्रतिक्रियाशील प्रदर्शन दिन सहयोग गर्ने भनिृको छ। अनुकूलित चिपसेटले द्रुत एप-स्विचिङ, स्मूथ एनिमेशन र दिनभर सन्तुलित पावर उपयोग सुनिश्चित गर्ने फिचर यसमा छ।

ग्यालेक्सी ट्याब ए११+ ले मुख्य एआई सुविधाहरु व्यापक प्रयोगकर्तासम्म पुर्‍याउने कम्पनीले जनाएको छ। यसमा गुगल जेमिनी, सर्कल टु सर्च विथ गुगल, रियल टाइम टेक्स्ट अनुवादसँगै सल्भ म्याथ अन सामसङ नोट्स जस्ता फिचार पनि छन्। यी फिचरहरुले ग्यालेक्सी ट्याब ए११+ लाई विद्यार्थी, क्रिएटर र परिवारका लागि सिकाइ, सिर्जना र दैनन्दिन काममा भरपर्दो साथी बनाउने कम्पनीको विश्वास छ।

ए सिरिजमा ठुलो अपग्रेडका रुपमा ग्यालेक्सी ट्याब ए११+ ले सेभेन जेनेरेशनसम्म वान युआईअपग्रेड र ७ वर्षको सुरक्षा अपडेट समर्थन गर्ने जनाइएको छ।

सामसङ नेपाल एमएक्स बिजनेसका निर्देशक प्रणयरत्न स्थापितले भने, ‘ग्यालेक्सी ट्याब ए११+ मार्फत हामी नेपालमा प्रिमियम उत्पादकता र एआईमा आधारित शिक्षालाई अझ धेरै प्रयोगकर्तासम्म पुर्‍याउन चाहन्छौं। लामो सफ्टवेयर र सुरक्षा प्रतिवद्धताले ग्राहकलाई दीर्घकालीन मूल्य प्रदान गर्छ। यो ट्याबलेट सिकाइ, सिर्जना र परिवारकै दैनन्दिन उपयोगिताका लागि उत्कृष्ट रूपमा डिजाइन गरिएको उपकरण हो।’

उपभोक्तालाई अझ सहज पहुँच दिन सामसङले नेपालको प्रमुख वित्तीय संस्थासँग सहकार्य गर्दै इन्स्टा फाइनान्स को द्रुत सेवा उपलब्ध गराइएको र शून्य ब्याजमै इएमआई सुविधा दिइएको कम्पनीले जनाएको छ। ग्यालेक्सी ट्याब ए११+ को फाइभजी भेरियन्टको मूल्य ४७ हजार ९९९ रुपैयाँ तोकिएको छ। त्यस्तै, वाइफाइ भेरियन्टको ३४ हजार ९९९ रुपैयाँ छ।