त्रिभुवन विमानस्थलमा एनएसीको ग्राउन्ड ह्यान्डलिङ सेवाको अडिट गर्दै आइटा



बिजमाण्डू
२०८२ मंसिर ८ गते १६:५९ | Nov 24, 2025
त्रिभुवन विमानस्थलमा एनएसीको ग्राउन्ड ह्यान्डलिङ सेवाको अडिट गर्दै आइटा


काठमाडौं। नेपाल वायु सेवा निगम (एनएसी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिँदै आएको ग्राउन्ड ह्यान्डलिङ सेवाको अडिट सुरु भएको छ।

Tata
GBIME
Nepal Life

इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आईटा)ले एनएसीको ग्राउन्ड ह्यान्डलिङ सेवाको अडिट सोमबार सुरु गरेको हो।

‘दुई वर्षमा आईएसएजीओ रिन्यु गर्नुपर्छ। एनएसीको आईएसएजीओको म्याद एक महिनामा सकिन लागेको थियो। त्यही कारण अडिट सुरु गरिएको हो,’ एनएसीका एक कर्मचारीले भने, ‘भारतबाट आएको टोलीले तीन दिनभित्र काम सक्छ। आईएसएजीओ रिन्यु नभएमा एनएसीले ग्राउन्ड ह्यान्डलिङ गर्न पाउँदैन।’

एनएसीले २०१६ देखि ग्राउन्ड ह्यान्डलिङ सेफ्टी सम्बन्धी अडिट गराउँदै आएको छ।