एनपीएलमा सट्टेबाजी गराउने दुईजना प्रहरी नियन्त्रणमा, पक्राउ पर्नेमा एक भारतीय



बिजमाण्डू
२०८२ मंसिर ३ गते १७:०४ | Nov 19, 2025
एनपीएलमा सट्टेबाजी गराउने दुईजना प्रहरी नियन्त्रणमा, पक्राउ पर्नेमा एक भारतीय


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को खेलमा सट्टेबाजी (बेटिङ) गरिरहेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

Tata
GBIME

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लाजिम्पाटबाट एक भारतीय नागरिक सहित दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरुमा भारत हरियाणा घर भएका २८ वर्षीय दिलप्रित सिंह र बर्दियाका २४ वर्षीय रेविका सिंह ठकुरी रहेका छन्।

उनीहरुलाई दोस्रो संकरणको क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीहरुलाई स्पोन्सर गर्छौं भनि सामाजिक संजालमा सम्पर्क गरि खेलको हार जीतमा प्रभाव पार्न आर्थिक प्रलोभन देखाएको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो।

प्रहरीले क्रिकेट ग्राउन्डमा समेत सट्टेबाजी हुनसक्ने आशंकामा सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ।