बेलायत पठाइदिने भन्दै ४२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एकजना पक्राउ



बिजमाण्डू
२०८२ कात्तिक १७ गते १३:३९ | Nov 3, 2025
बेलायत पठाइदिने भन्दै ४२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एकजना पक्राउ


काठमाडौं। आकर्षक तलबको प्रलोभनमा पारी बेलायत पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्।

Tata
GBIME

भक्तपुरको मध्यपुर थिमि नगरपालिका-१ बस्ने धनुषाको जनकनन्दिनी गाउँपालिका-३ घर भएका ३१ वर्षीय राहुल पुन्जलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

राहुलले ‘बेलायत पठाइदिन्छु’ भनेर १ जनासँग ४२ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएका थिए। पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-११ बाट पक्राउ गरेको छ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभाग पठाइएको छ।