काठमाडौं । राष्ट्रपति भवन निवास जलाएको र त्यहाँ रहेका सामान चोरी गरेको आरोपमा प्रहरीले तीन जना युवालाई मुद्दा चलाएको छ।
जिल्ला अदालत काठमाडौंमा तीनजना विरुद्ध चोरी र अपराधिक उपद्रवमा मुद्दा दायर भएको हो। मुद्दा दायर हुनेहरुमा बैतडीका १९ वर्षीय दीपक बोहरा, १९ वर्षीय विशाल सिंह कार्की र बझाङका १९ वर्षीय हेमन्त बोहरा रहेका थिए। उनीहरु तीनै जना होटल लुम्बिनीमा कोठा भाडा लिएर बस्दै आएका थिए।
दीपक बोहोरा काठमाडौंमा एसीसीए पढ्दै आएका छन्। साथै उनी बीसीएस दोस्रो वर्षमा पनि अध्ययनरत् रहेको देखिएको छ। भदौ २४ गते उनले राष्ट्रपति निवासमा पुगेर तोडफोड गरि एउटा राउटर र प्रिन्टर बोकेर कोठामा ल्याएको खुलेको छ।
बिशाल सिंह भने कोरियन भाषा पढ्दै आएका थिए। उनी पनि ट्राफिक कार्यालय जलाउन पुगेका थिए। हेमन्त बोहोरा पनि बीबीएस दोस्रो वर्षमा अध्यायनरत रहेका छन्।










