राहदानी चाँडो बनाइदिने भन्दै सेवाग्राहीसँग मोलमोलाइ गर्ने दुई जना पक्राउ



बिजमाण्डू
२०८२ कात्तिक १३ गते २०:४१ | Oct 30, 2025
राहदानी चाँडो बनाइदिने भन्दै सेवाग्राहीसँग मोलमोलाइ गर्ने दुई जना पक्राउ


काठमाडौं। चाँडो राहदानी बनाइदिने आश्वासनमा सेवाग्राहीसँग रकम मोलमोलाइ गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Tata
GBIME

राहदानी विभाग त्रिपुरेश्वरमा सेवाग्राहीसँग रकम मोलमोलाइ गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। दुई जनालाई नै प्रहरी वृत्त कालीमाटीमा राखिएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रेका दूधनारायण श्रेष्ठ र रुपन्देहीका सुनिल नेपाली छन्।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।