जेनजी प्रर्दशनमा लुटिएको पेस्तोल पड्काउँदै आतंक फैलाउने दुई युवा समातिए



बिजमाण्डू
२०८२ कात्तिक १२ गते १७:२२ | Oct 29, 2025
जेनजी प्रर्दशनमा लुटिएको पेस्तोल पड्काउँदै आतंक फैलाउने दुई युवा समातिए


काठमाडौं । भदौ २४ गते जेनजीको प्रर्दशनमा प्रहरीको कार्यालयबाट लुटिएको हतियार देखाएर आतंक फैलाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

Tata
GBIME

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नुवाकोट घर भएका २३ वर्षीय समिर श्रेष्ठ र काभ्रेका एलेक्स नेपालीलाई नियन्त्रणमा लिएको हो।

उनीहरुले लुटिएको पेस्तोल लगेर घर माथिबाट चुरोट तान्दै पेस्तोल पड्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

उनीहरुको कारण काठमाडौंको इचंगुनारायण मन्दिर नजिक हतियारको कारण त्रास देखाएको प्रहरीमा जानकारी आएको थियो। प्रहरीले उनीहरुको साथबाट एक थान पेस्तोल र १२ राउन्ड गोली समेत बरामद गरेको छ।