काठमाडौं। मादक पदार्थ सेवन गरी सार्वजनिक सवारी चलाएको अभियोगमा प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ।
आइतबार बिहान पौने १२ बजे काठमाडौंको गौशाला चोकमा एयरपोर्टबाट गौशालातर्फ आउँदै गरेको बागमती प्रदेश-०१-००६ ख ८९८३ नम्बरको महानगर यातायातको बसलाई चेक गर्दा चालकले मापसे गरेको पाइएको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौंको बाफल बस्ने ३७ वर्षीय सकुल डोटेललाई नियन्त्रणमा लिएको हो।
उनलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत गौशाला पठाइएको छ।










