ललितपुरबाट ५० किलोभन्दा बढी चाँदी बरामद, अनुसन्धानका लागि प्रहरीले राजस्वमा पठायो



बिजमाण्डू
२०८२ असोज ३० गते २२:३७ | Oct 16, 2025
ललितपुरबाट ५० किलोभन्दा बढी चाँदी बरामद, अनुसन्धानका लागि प्रहरीले राजस्वमा पठायो


काठमाडौं। सशस्त्र प्रहरीले ललितपुरबाट ५० केजीभन्दा बढी चाँदीसहित एक जनलाई नियन्त्रणमा लिएको छ।

Tata
GBIME

चाँदीको गरगहना कारोबार गर्ने भारतको घोरसहन पूर्वी चम्पारण घर भएका ३१ वर्षीय अभिषेख शेखलाई ललितपुरको धौगलबाट नियन्त्रणमा लिएको हो।

भारतबाट अवैधरुपमा चाँदी नेपाल ल्याई गरगहना बेचबिखन गरेको भन्ने सूचनामा सशस्त्रले नियन्त्रणमा लिएको हो।

बरामद गहना १२ लाख ९१ हजार ९० नेपाली रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ। शेखबाट प्रहरीले एक हजार २७० भारतीय रुपैयाँ र चाँदी तौल गर्ने मेसिन पनि बरामद गरेको छ।

शेखलाई बरामद गरिएको चाँदी, नगद र सामानसहित अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग बुझाइएको छ।