वीरगंजमा एक व्यवसायीको घरबाट सवा २ किलो सुन र १० किलो चाँदी बरामद



बिजमाण्डू
२०८२ असोज २८ गते ११:५८ | Oct 14, 2025
वीरगंजमा एक व्यवसायीको घरबाट सवा २ किलो सुन र १० किलो चाँदी बरामद
Picture generated by Chat GPT


काठमाडौं । वीरगंजको माइस्थानस्थित एक व्यवसायीको घरमा राजस्व अनुसन्धान विभागले छापा मार्दा अवैध रुपमा राखिएको सुन र चाँदी बरामद भएको छ।

Tata
GBIME

राजस्व अनुसन्धान कार्यालय पथलैयाबाट गएको टोलीले घरबाट २ किलो २०० ग्राम सुन र १० किलो चाँदी बरामद गरेको हो।

अभिषेश सरार्फको घरमा राजस्वको टोलीले सोमबार दिनभर छापा मारेको थियो। अहिले पनि केही ‘अपरेसन’ चलिरहेको राजस्व कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले जानकारी दिए।

‘सुचनाको आधारमा टोली गएको हो। केही सुन र चाँदी बरामद गरेर ल्याएका छौं। अनुसन्धान जारी रहेको छ,’ शर्माले भने।

सराफ सुनचाँदी व्यवसायी भएको बुझिएको छ। उनले राजस्व छली गरेको आरोपमा राजस्वको टोलीले अपरेसन गरेको थियो।

अहिले बजारमा सुन र चाँदीको मूल्य आकासिएको छ। बजारमा अहिले उपभोक्ताले सहजै सुन र चाँदी किन्ने अवस्था छैन। तोकिएको मूल्य भन्दाबढी कालोबजारीमा सुन र चाँदी किन्न उपभोक्ता बाध्य छन्।