नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त शर्मालाई प्रहरीले गर्‍यो पक्राउ



बिजमाण्डू
२०८२ असोज १९ गते १५:२७ | Oct 5, 2025
नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त शर्मालाई प्रहरीले गर्‍यो पक्राउ


काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारबाट फरार भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

Tata
GBIME

काठमाडौं उपत्यका प्रहरी कार्यालयको टोलीले दाङ घर भएका ३४ वर्षीय सन्देश शर्मालाई ललितपुरबाट पक्राउ गरेको हो।

जिल्ला अदालत काठमाडौंको आदेशमा कारागार चलान भएका शर्मा भदौ २४ गते अन्य कैदीसँगै भागेका थिए।

‘भाडाको हाउजिङ जस्तो घरबाट नियन्त्रणमा लिएका हौं,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले भने।

शरणार्थी प्रकरणकै अर्का अभियुक्त पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पनि २४ गते नै फरार भएकामा उनी कारागार फर्किसकेका छन्।