एनएमबि बैंकका ग्राहकलाई याडिया इलेक्ट्रिक स्कुटर खरिदमा छुट, डिजिटल भुक्तानी गर्नुपर्ने



बिजमाण्डू
२०८२ असोज ७ गते ११:०२ | Sep 23, 2025
एनएमबि बैंकका ग्राहकलाई याडिया इलेक्ट्रिक स्कुटर खरिदमा छुट, डिजिटल भुक्तानी गर्नुपर्ने

काठमाडौं। एनएमबि बैंकका ग्राहकले याडिया इलेक्ट्रिक स्कुटर खरिदमा छुट पाउने भएका छन्।

Tata
GBIME
Nepal Life

बैंकले याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपालसँगको सहकार्यमा चाडपर्वको अवसर पारेर छुट योजना ल्याएको हो।

एनएमबि बैंकका ग्राहकले याडिया ब्रान्डका स्कुटर खरिद गर्दा ५ हजार रुपैयाँ छुट पाउनेछन्। बैंकको कार्ड, मोबाइल बैंकिङ वा क्यूआर मार्फत भुक्तानी गर्दा ५,००० रुपैयाँ छुट पाइने बैंकले जनाएको छ।

छुट प्राप्त गर्नका लागि ग्राहकले भुक्तानी गर्नुअघि शोरुमलाई जानकारी गराउनुपर्नेछ।