कामना सेवा विकास बैंकले मालपोत कार्यालय पुनर्निर्माण गरिदिने, प्रहरीलाई दियो कम्प्युटर



बिजमाण्डू
२०८२ भदौ २६ गते १२:३३ | Sep 11, 2025
कामना सेवा विकास बैंकले मालपोत कार्यालय पुनर्निर्माण गरिदिने, प्रहरीलाई दियो कम्प्युटर

काठमाडौं। कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विराटनगरस्थित भूमिसुधार तथा मालपोत कार्यालयको पुनर्निर्माण गरिदिने भएको छ।

Tata
GBIME
Nepal Life

जेनजीको आन्दोलनका क्रममा जलेरको कार्यालय बैंकले पुनर्निर्माण गरिदिने भएको हो। यस सम्बन्धमा बैंक र मालपोत कार्यालयबीच सम्झौता भएको छ।

सम्झौतामा बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसाल र मालपोत कार्यालय विराटनगरका मालपोत अधिकृत अजय राजवंशीले हस्ताक्षर गरेका छन्।

कार्यालयले नष्ट भएको विवरण संकलन गरेपछि पुनर्निर्माणको काम सुरु गर्ने बैंकले जनाएको छ।

बैंकले इलाका प्रहरी कार्यालय पथरीलाई सहयोगस्वरुप कम्प्युटर उपलब्ध गराएको छ।

आन्दोलनका क्रममा जलेर नष्ट भइ कार्यालय सञ्चालन नै सम्भव हुने अवस्था नभएकाले आवश्यक कम्प्युटर कार्यालयका डीएसपी तुलसीप्रसाद अर्याललाई हस्तान्तरण गरेको बैंकले जनाएको छ।