धादिङ कारागारमा तनाव : भाग्न खोज्नेमाथि चल्यो गोली, एक जनाको मृत्यु, सात प्रहरी घाइते



बिजमाण्डू
२०८२ भदौ २५ गते १७:५८ | Sep 10, 2025
धादिङ कारागारमा तनाव : भाग्न खोज्नेमाथि चल्यो गोली, एक जनाको मृत्यु, सात प्रहरी घाइते


मलेखु (धादिङ)। जिल्ला कारागार धादिङका कैदीबन्दी भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाएको छ। गोली लागेर अन्दाजी ७५ वर्षीय एक कैदीको मृत्यु भएको छ। सात कैदीबन्दी घाइते भएका छन्।

Tata
GBIME

घाइते हुनेमा सबै पुरुष छन्। प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार कैदीबन्दीले सुरक्षा घेरा तोडेर निस्किन थालेपछि सेनाले गोली चलाएको हो। कैदीबन्दीलाई रोक्न खोज्दा नेपाल प्रहरी र सशस्त्रका सात जना घाइते भएका छन्।

घाइते प्रहरी सबैको अवस्था सामान्य छ। गोली लागेर घाइते भएका कैदीबन्दीलाई सेनाकै सुरक्षामा उपचारका लागि काठमाडौं पठाइएको छ। मंगलबार नक्खु कारागारबाट पूर्व गृहमन्त्री रवि लामिछानेसहित अन्य कैदीबन्दी छाडेको भन्दै आफूहरुलाई पनि रिहा माग गर्दै कैदीबन्दीले कारागारमा आगजनी गरेका थिए।

गोली चलाउनु अघि सेनाले पानीको फोहोरा प्रयोग गरेर स्थिति नियन्त्रणमा लिने कोसिस गरेको थियो। उनीहरुले सेनामाथि नै आक्रमण गर्न थालेपछि सेनाले गोली चलाएको हो।

जिल्ला कारागार धादिङमा २४३ कैदीबन्दी छन्। त्यसमध्ये महिला ९ जना छन्। रासस