
काठमाडौं। नेपाली महिला फुटबल टोलीका ९ जना खेलाडीले स्नातक तहमा ‘फुल स्कलरसिप’ पाएका छन्। उज्बेकिस्तानमा एसियन कप छनोट खेलेर आएका सावित्रा भण्डारीसहितका खेलाडीले स्नातक तहमा फुल स्कलरसिप दिएको इनसाइट भिजन कलेजले जानकारी दिएको हो। यसमा अधिकांश राष्ट्रिय टोलीका खेलाडी र अन्य राष्ट्रिय स्तरका खेलाडी छन्।
छात्रबृत्ति पाउने खेलाडीमा सावित्रा भण्डारी, अनिता बस्नेत, रेखा पौडेल, पूजा राना, सविता राना मगर, सुनकला राई, अनु लामा, हिराकुमारी भुजेल, सावित्री किशन, कुशुम खतिवडा छन्।
यी खेलाडी बीबीएस अध्ययन गरिरहेका छन्। साम्बा र अनिता बीबीएस तेस्रो वर्ष, रेखा, कुशुम र पुजा दोस्रो वर्ष, सविता, अनु, हिरा र सावित्री किसन पहिलो वर्षमा अध्ययनरत छन्। यी खेलाडीलाई बुधबार नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो।