
काठमाडौं। त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओली नवनियुक्त उपकुलपति प्राडा अर्याललाई बुधबार अपराह्न शपथ गराएका हुन्। शपथमा शिक्षामन्त्री एवं त्रिविका सहकुलपति रघुजी पन्त पनि उपस्थित थिए।

ओलीले त्रिविको जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख प्रा डा अर्याललाई बुधबार नै उपकुलपति नियुक्त गरेका हुन्।
शिक्षामन्त्री पन्त संयोजक रहेको समितिले उपकुलपतिका लागि असार २३ गते प्राडा अर्यालसँगै त्रिविको विज्ञान संकायका पूर्वडीन प्राडा विनिल अर्याल र निमित्त उपकुलपति प्राडा खड्ग केसीको नाम सिफारिस गरेको थियो।