
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)ले निष्कासन गरेको हरित बण्ड नेप्सेमा सूचीकृत भएको छ।
बुधबार नेप्से र निफ्राबीच ‘निफ्रा हरित उर्जा ऋणपत्र ६% २०८८/८९’ सूचीकरण सम्झौता भएको हो।
६ प्रतिशत भएको निफ्रा हरित उर्जा ऋणपत्रको अवधि ७ वर्ष रहेको छ। १ हजार रुपैयाँ अंकित मूल्यको ५० लाख कित्ता ऋणपत्र सूचीकरण भएको छ।
कम्पनी नेप्सेमा सूचीकृत भएसँगै बिहीबारदेखि कारोबारमा आउनेछ।