BIZMANDU
www.bizmandu.com

निफ्राको ५० लाख कित्ता ग्रीनबण्ड नेप्सेमा सूचीकृत, बिहीबारदेखि कारोबारमा आउने

२०८२ असार २५

निफ्राको ५० लाख कित्ता ग्रीनबण्ड नेप्सेमा सूचीकृत, बिहीबारदेखि कारोबारमा आउने
निफ्राको ५० लाख कित्ता ग्रीनबण्ड नेप्सेमा सूचीकृत, बिहीबारदेखि कारोबारमा आउने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)ले निष्कासन गरेको हरित बण्ड नेप्सेमा सूचीकृत भएको छ।

Tata
GBIME

बुधबार नेप्से र निफ्राबीच ‘निफ्रा हरित उर्जा ऋणपत्र ६% २०८८/८९’ सूचीकरण सम्झौता भएको हो।

६ प्रतिशत भएको निफ्रा हरित उर्जा ऋणपत्रको अवधि ७ वर्ष रहेको छ। १ हजार रुपैयाँ अंकित मूल्यको ५० लाख कित्ता ऋणपत्र सूचीकरण भएको छ।

कम्पनी नेप्सेमा सूचीकृत भएसँगै बिहीबारदेखि कारोबारमा आउनेछ।