स्वास्थ्यमन्त्री पौडेलले बढाए बीमा उपचार सुविधा, ८ प्रकारका बिरामीले अब दुई लाख पाउने

बिजमाण्डू
२०८२ असार २५ गते ११:३० | Jul 9, 2025
स्वास्थ्यमन्त्री पौडेलले बढाए बीमा उपचार सुविधा, ८ प्रकारका बिरामीले अब दुई लाख पाउने
प्रदीप पौडेल

काठमाडौं। स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकले कडा रोगको उपचारमा अब दुई लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने भएका छन्।

Tata
GBIME

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले ८ प्रकारका बिरामीले साउन १ गतेदेखि दुई लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने बताएका छन्।

स्वास्थ्य बीमा अन्तर्गत हाल एक लाख रुपैयाँको उपचार सुविधा दिइंदै आएकामा साउन १ देखि ८ प्रकारका रोग लाग लागेका बिरामीको हकमा सुविधा रकम बढाइएको हो।

‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ साउन १ गतेबाट ८ प्रकारका बिरामीले हाम्रो पूर्वप्रतिबद्धता अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत २ लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरेका छौं,’ मन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत भनेका छन्।

उनका अनुसार क्यान्सर, मुटु, मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले दुई लाख रुपैयाँको उपचार सुविधा पाउनेछन्।