हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, एक किलोकै प्याकदेखि पाउन सकिने

बिजमाण्डू
२०८२ असार २२ गते १६:४३ | Jul 6, 2025
हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, एक किलोकै प्याकदेखि पाउन सकिने

काठमाडौं। हाईलाइफ चामल व्यवसायमा पनि प्रवेश गरेको छ। हाईलाइफले एक्स्ट्रा लङ  ग्रेन बासमती चामल, पुलाउ बासमती चामल र ‘जिआई राइस’ बजारमा ल्याएको छ।

Tata
GBIME

‘जिआई राइस’ डायबेटिक बिरामीको लागि उपयुक्त हुने छ।

लामो दाना, उत्कृष्ट स्वाद र प्राकृतिक सुगन्धले भरिएको यो चामल घरायसी भान्सादेखि रेस्टुरेन्टसम्मका लागि उपयुक्त र गुणस्तरीय विकल्पका रूपमा प्रयोग गर्न सकिने कम्पनीको दावी छ। अन्य बासमती चामलहरूको तुलनामा हाईलाइफ फूड्सको यो बासमती चामल शुद्ध, सफा र पौष्टिक तत्वले पूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ।

‘प्रत्येक नेपाली परिवारलाई गुणस्तरीय, पौष्टिक र सुलभ खाद्यान्न उपलब्ध गराई स्वस्थ जीवनशैलीलाई प्रवर्द्धन गर्ने उद्देश्यमा कम्पनी प्रतिबद्ध छ’ प्रबन्ध निर्देशक पंकज ज्ञवालीले भने।

हाल हाईलाइफ प्रिमियम बासमती चामल देशभरका खुद्रा विक्रेता, सुपरमार्केट तथा अनलाइन प्लेटफर्महरूमा विभिन्न तौल र प्याकेजिङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। यसले गुणस्तर र मूल्यबीचको सन्तुलन कायम राख्ने कम्पनीको दाबी छ।

हाईलाइफको चामल एक किलो,पाँच किलो र २० किलोमा बजारमा उपलब्ध हुने छ।

हाईलाइफ फूड्स विगतदेखि नै चिउरा, कर्नफ्लेक्स, चोको प्लस, सोयाबिन, ओट्स, आटा, चियापत्ती, बेसन र अन्य स्वास्थ्यकर खाद्य वस्तुहरूको उत्पादन तथा वितरण गर्दै आएको छ।