बीवाइडी सीलायन सेभेनको ‘ब्लाइन्ड बुकिङ’ खुला, यस्ता छन् अहिले बुक गर्दा पाइने फाइदा

बिजमाण्डू
२०८२ असार २१ गते ०७:०३ | Jul 5, 2025
बीवाइडी सीलायन सेभेनको ‘ब्लाइन्ड बुकिङ’ खुला, यस्ता छन् अहिले बुक गर्दा पाइने फाइदा

काठमाडौं। चिनियाँ सवारी निर्माता कम्पनी बीवाइडीको नयाँ गाडी सीलायन सेभेनको नेपालमा ‘ब्लाइन्ड बुकिङ’ खुला भएको छ। आधिकारिक बिक्रेता साइमेक्स इंकले गाडी शुक्रबारदेखि नेपालमा उक्त गाडीको ब्लाइन्ड बुकिङ खुलाएको हो।

Tata
GBIME

अहिले उक्त गाडी ब्लाइन्ड बुक गर्ने ग्राहकहरुले ७० हजार रुपैयाँको नगद लाभ पाउने भएका छन्। तर त्यसका लागि पहिले ग्राहकले ७० हजार रुपैयाँ टोकन मनी दिएर ब्लाइन्ड बुकिङ गर्नुपर्ने छ। बीवाइडी नेपालले त्यसमा अतिरिक्त ७० हजार थपिदिनेछ। कुल बुकिङ अमाउन्ट १ लाख ४० हजार हुनेछ।

साथै यसरी बुक गर्ने ग्राहकहरुले ब्याट्रीमा १० वर्ष/२ लाख किलोमिटर र एन्सिलरी अर्थात लो भोल्टेज एलएफपी ब्याट्रीमा ७ वर्ष/१ लाख ५० हजार किलोमीटर वारेन्टी पाउनेछन।

कम्पनीले यो गाडी गत वर्षको नाडा अटो शोमा प्रदर्शनीमा राखेका थियो। बिक्री भने बल्ल थाल्न लागेको हो। सीलायन सेभेनले बजारमा हाल उपलब्ध डीपल एस ०७, महिन्द्रा बीइ ६ तथा एक्सयुभी ९ ई र लीपमोटर सी १० सँग प्रतिस्पर्धा गर्ने देखिन्छ। यो ४.८ मिटर लामो एसयूभी हो।

गाडीमा १०० किलोवाट क्षमताको मोटर पावर उपलब्ध छ। यसमा ७२ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री प्याक छ। एक पटकको फुल चार्जमा गाडीले ५०० किलोमिटरभन्दा धेरै रेन्ज दिने कम्पनीले जनाएको छ।

गाडीमा १५.६ इन्चको रोटेड टचस्क्रिन र १०.२५ इन्चको क्लस्टर उपलब्ध छ। सिलमा जस्तै यसमा हेड अप डिस्प्लेको सुविधा पनि छ।

पानारोमिक ग्लास सनरुफ, अगाडि र पछाडि सेन्सर, ३६० डिग्री क्यामेरा, रिभर्सिङ क्यामेरा, एन्ड्रोइड अटो र एप्पल कार प्ले, ६ वटा एयरब्याग, राडर, मल्टिपल क्यामरा, १२ वटा सेन्सर, ब्लाइन्ड स्पट वार्निङ, हाइ बिम असिस्ट, लेन डिपार्चर वार्निङ, लेन किप असिस्ट, फ्रन्टररियर क्रस ट्राफिक अलर्ट, अगाडि र पछाडि क्रस ट्राफिक ब्रेक, ट्राफिक साइन रिकग्नाइजेसन, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम र डोर ओपन वार्निङ गाडीका अन्य फिचर हुन्।

गाडीको मूल्य ७२ देखि ७५ लाख रुपैयाँको बीचमा हुने बताइएको छ।