विकास हाइड्रोपावरको आइपीओमा आवेदन खुला, सर्वसाधारणलाई २९ लाख ४२ हजार कित्ता

बिजमाण्डू
२०८२ असार १८ गते ११:४६ | Jul 2, 2025
विकास हाइड्रोपावरको आइपीओमा आवेदन खुला, सर्वसाधारणलाई २९ लाख ४२ हजार कित्ता

काठमाडौं। विकास हाइड्रोपावरले आइपीओ निष्कासन गरेको छ। कम्पनीले दोस्रो चरणमा बुधबारदेखि सर्वसाधारणका लागि सेयरमा आवेदन खुला गरेको हो।

Tata
GBIME

कम्पनीले २९ लाख ४२ हजार ७६० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ। कम्पनीको सेयरका लागि असार २२ गतेसम्म आवेदन खुला रहने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।

लगानीकर्ताले अंकित मूल्य १०० रुपैयाँमा न्यूनतम् १० देखि १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। हाइड्रोपावरले गत वैशाखमा नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट आइपीओ निष्कासन अनुमति पाएको थियो।

जारी पुँजी ९० करोड ९१ लाख रुपैयाँ भएको हाइड्रोपावरले पहिलो चरणमा ९ लाख ९ हजार १०१ कित्ता सेयर आयोजना प्रभावित क्षेत्र गोरखाको धार्चे गाउँपालिकाका बासिन्दालाई वितरण गरेको थियो।

हाइड्रोपावरले ३ लाख ५४ हजार ५५० कित्ता सेयर वैदेशिक रोजगारीमा गएका श्रमिक, ७० हजार ९१० कित्ता कर्मचारीहरुलाई र १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल हो।

आर्थिक वर्ष २०८१/८२ को पुससम्म १ करोड २८ लाख रुपैयाँ सञ्चित नाफामा रहेको विवरण कम्पनीले पेस गरेको छ। यस्तै, प्रति सेयर आम्दानी ५.३७ र प्रति सेयर नेटवर्थ १०२.७६ रुपैयाँ छ।