प्रधानमन्त्री ओली नेतृत्वको टोली स्पेनको मड्रिडमा, सम्मेलनस्थल सेभिल्ला साँझ पुग्ने

बिजमाण्डू
२०८२ असार १५ गते १२:३१ | Jun 29, 2025
प्रधानमन्त्री ओली नेतृत्वको टोली स्पेनको मड्रिडमा, सम्मेलनस्थल सेभिल्ला साँझ पुग्ने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको मड्रिड पुगेका छन्। विकासका लागि वित्तसम्बन्धी संयुक्त राष्ट्रसंघको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने क्रममा ओली आइतबार मड्रिड पुगेका हुन्।

Tata
GBIME

ओलीलाई मड्रिडको अडोल्फो सौरेज बराजाज अन्तर्राष्ट्रिय विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनील नेपाल, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र स्पेनको विदेश मन्त्रालयका अधिकारीले स्वागत गरेको उनको सचिवालयले जनाएको छ।

ओली आफ्ना मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव अमृतबहादुर राई, अर्थसचिव घनश्याम उपाध्याय लगायत २१ सदस्यीय टोलीको नेतृत्व गर्दै शनिबार साँझ स्पेनतर्फ उडेका थिए।

ओली ओली नेतृत्वको टोली आइतबार साँझ सम्मेलनस्थल सेभिल्ला पुग्ने तालिका छ।