सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो, चाँदीको भाउमा पनि गिरावट

बिजमाण्डू
२०८२ असार १३ गते ११:२१ | Jun 27, 2025
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो, चाँदीको भाउमा पनि गिरावट

काठमाडौं। साताको अन्तिम दिन सुनचाँदीको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा २ हजार ९ सय रुपैयाँले घटेको हो।

Tata
GBIME

शुक्रबारका लागि सुनको कारोबार मूल्य प्रति तोला १ लाख ८९ हजार ४ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघले जनाएको छ। बिहीबार सुन तोलामा ३ सय रुपैयाँले बढ्दा कारोबार मूल्य प्रति तोला १ लाख ९२ हजार ३ सय रुपैयाँ थियो।

चाँदीको मूल्य पनि शुक्रबार तोलामा १० रुपैयाँ घटेको छ। महासंघका अनुसार शुक्रबार चाँदी प्रति तोला २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार चाँदी तोलामा ३५ रुपैयाँले बढेर प्रति तोला २ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो।

सरकारले सुन खरिद गर्दा २ प्रतिशत विलासिता कर लगाएपछि सुनचाँदी व्यवसायीहरू आन्दोलनरत छन्।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रति औंस ३२९३.५५ डलर रहेको। चाँदी प्रति औंस ३६.६ डलर छ।