
काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले ‘नामी फाइभ स्टार अफर’ घोषणा गरेको छ।
सीमित अवधिको लागि ल्याइएको यो अफर नेपालभर रहेका सबै नामी शोरुमहरुमा उपलब्ध हुनेछ
अफर अन्तर्गत ग्राहकहरुले नयाँ विद्युतीय सवारी किन्दा वा पुरानो सवारी अपग्रेड गर्दा अतिरिक्त लाभहरु पाउने कम्पनीले जनाएको छ। यसले ग्राहकहरुको खरिद अनुभवलाई झनै मूल्यवान र लाभदायक बनाउने विश्वास कम्पनीको छ।
नामी फाइभ स्टार अफरले ग्राहकहरुलाई आकर्षित गर्ने पाँचवटा विशेष सुविधाहरु प्रदान गर्नेछ योजनाअन्तर्गत ग्राहकहरुले आकर्षक नगद छुट, ७ किलोवाट प्लस ३.५ किलोवाट चार्जर, अटोप्लस बीमा, चालु आर्थिक वर्षका लागि निःशुल्क सडक कर र निःशुल्क एक्सेसरिजहरु प्राप्त गर्ने छन्।
आधुनिक डिजाइन र प्रविधिसँगै बेस्ट इन-क्लास फिचरहरु, इम्प्रेसिभ ड्राइभिङ रेञ्जसँगै स्मार्ट मूल्यका कारण नामीप्रति ग्राहकहरु आकर्षित भइरहेको पनि कम्पनीले जनाएको छ।