माधव नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश

बिजमाण्डू
२०८२ असार ११ गते २१:४८ | Jun 25, 2025
माधव नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश

काठमाडौं। विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई धरौटीमा रिहा गर्न आदेश गरेको छ। भ्रष्टाचार मुद्दामा अदालतमा बुधबार उपस्थित भएका नेपाललाई अदालतले ३५ लाख रुपैयाँ धरौटीमा रिहाको आदेश गरेको हो।

Tata
GBIME

न्यायाधीशहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा रिहा गर्न आदेश गरेको हो।

पतञ्जली जग्गा खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर भएको थियो।

जेठ २२ गते मुद्दा दायर भएकोमा नेपाल बुधबार अदालतमा उपस्थित भएका हुन्। १८ करोडभन्दा बढी बिगो दाबीसहित अख्तियारले मुद्दा दायर गरेको थियो।

मन्त्रिपरिषद्ले गरेको नीतिगत निर्णयमा मुद्दा चलाउन मिल्ने वा नमिल्ने बहसबीच नेपाललाई अख्तियारले मुद्दा दायर गरेको थियो।