
काठमाडौं। युद्धग्रस्त इरानबाट दुई नेपालीको उद्धार गरिएको छ। परराष्ट्रमन्त्री डा. आरजु राणाले गणेशप्रसाद पोखरेल र सुमन गैरेको उद्धार गरिएको हो।
उनीहरुलाई भारत सरकारले इरानको मसादबाट उद्धार गरेर नयाँ दिल्ली ल्याएको हो। भारतले इरानबाट आफ्ना नागरिककोउद्धार गर्ने क्रममा नेपाली युवालाई पनि ल्याएको हो।
भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले उद्धार गरिएका दुई युवालाई विमानस्थलमा पुगेर भारतीय अधिकारीहरुबाट बुझेको मन्त्री राणाले बताइन्। उनका अनुसार दुवै युवा दिल्लीबाट बुटवलका लागि प्रस्थान गरेका छन्।
इरानमा १६ जना नेपाली रहेकामा ५ जना जेलमा छन्। मन्त्री राणाले जेलमा रहेकासहित अरु १४ जनालाई पनि उद्धारको प्रयास गरिरहेको सामाजिक सञ्जालमार्फत बताएकी छन्।