मुक्तिनाथ विकास बैंकबाटै विदेशमा अध्ययनका लागि जाने विद्यार्थीले तिर्न सक्नेछन् भिसा र शैक्षिक शुल्क

बिजमाण्डू
२०८२ असार ९ गते १५:३१ | Jun 23, 2025
मुक्तिनाथ विकास बैंकबाटै विदेशमा अध्ययनका लागि जाने विद्यार्थीले तिर्न सक्नेछन् भिसा र शैक्षिक शुल्क

काठमाडौं । विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरुले भुक्तानी गर्नुपर्ने भिसा तथा शैक्षिक शुल्कहरु मुक्तिनाथ विकास बैंकबाटै गर्न सक्ने भएका छन्।

Tata
GBIME

बैंक र एक्सपर्ट एजुकेसन तथा भिसा सर्भिस प्रा लिबीच शैक्षिक शुल्क भुक्तानीबारे सम्झौता भएको हो।

यो सम्झौतासँगै उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुले भिसा शुल्कसँगै एसएटी, एसइभिआएएस शुल्क, पीटीई परीक्षा शुल्क, आवेदन शुल्क, जीम्याट लगायतका शैक्षिक शुल्कहरु बैंकबाट नै भुक्तानी गर्न पाउनेछन्।

यो सेवा हाल बैंकको महाराजगंज र कमलादी शाखामामात्रै सुरुवात गरिएको छ।