फोटोनको टुनल्यान्ड जी-सेभेन पिकअप नेपाली बजारमा,  मूल्य ५२ लाखदेखि ७५ लाख रुपैयाँसम्म

बिजमाण्डू
२०८२ असार ८ गते २१:०३ | Jun 22, 2025
फोटोनको टुनल्यान्ड जी-सेभेन पिकअप नेपाली बजारमा,  मूल्य ५२ लाखदेखि ७५ लाख रुपैयाँसम्म

काठमाडौं। चिनियाँ गाडी उत्पादक कम्पनी फोटोनको फिचर लोडेड टुनल्यान्ड जी-सेभेन पिकअप नेपाली बजारमा आएको छ।

Tata
GBIME

फोटोनको नेपालका लागि आधिकारिक विक्रेता वृद्धिले उक्त पिकअप आइतबार नेपाली बजारमा सार्वजनिक गरेको हो।

बिल्ड फर हिमालयजको नेम ट्यागमा उक्त गाडीले सबैभन्दा टफेस्ट टेरेन्ट पार गर्न सक्ने कम्पनीले दाबी गरेको छ। गाडीको ग्राउन्ड क्लियरेन्स २२५ एमएमको छ।

टर्बो चार्ज्ड १९६८ सीसी अर्थात् १.९ लिटर क्षमताको इन्जिन छ। यसले ३९० एमएम टर्क उत्पादन गर्न सक्छ। साथै १६० हर्सपावर प्रदान गर्छ।

यसको पे-लोड क्षमता ९९० किलोग्रामसम्मको छ। फ्युल ट्याङ्क ८० लिटर क्षमताको छ। 

मात्रै २३ दिनमा ८ वटा टफेस्ट र हाइ हिमालयमा ड्राइभ गरेर पार गरिसकेको छ। जसमा खाङ्सार, कोरोलापास, सन्दकपुर, ढोरपाटन, गुफापोखरी, जुम्लालगायत ४ हजार ६६० मिटर उचाइसम्मको टफ टेरेन्टमा पुग्न सफल पिकअप हो। २३ दिनमा १५ हजार किलोमिटर दुरीको रोड पार गरेको छ।

यसमा भेन्टिलेटेड र कुलिङ सिट छ। साथै सनरुफ र ६ वटा एयर ब्याग पनि छन्। यसमा मार्केट सेगमेन्ट फस्ट फिचर धेरै छन्।

टुनल्यान्ड जी-सेभेनको भित्री भागमा चालक र यात्रु दुवैको सुविधाका लागि विभिन्न अत्याधुनिक फिचर समावेश गरिएका छन्। ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, पावर विन्डोज, सेन्ट्रल लकिङ, एयर कन्डिसनर र उच्च गुणस्तरको सिट रहेका छन्। सुरक्षाका लागि यसमा एबीएस, ईबीडी, डुअल एयर ब्याग, र रियर पार्किङ सेन्सरजस्ता फिचर पनि उपलब्ध छन्।

गाडीको मूल्य नेपाली बजारमा इलाइटको ५१ लाख ९९ हजार, लक्जरीको ६५ लाख ४० हजार र फ्ल्यागसिप मोडेलको ६९ लाख ९९ हजारदेखि ७२ लाख ९९ हजार तथा ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।