महालक्ष्मी विकास बैंकको मोबाइल बैकिङ एपमार्फत रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने

बिजमाण्डू
२०८२ असार ८ गते १६:५० | Jun 22, 2025
महालक्ष्मी विकास बैंकको मोबाइल बैकिङ एपमार्फत रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने

काठमाडौं। महालक्ष्मी विकास बैंकले मोबाइल बैकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’मार्फत विदेशबाट रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सुविधाको सुरुवात गरेको छ।

Tata
GBIME

मोबाइल बैंकिङ एपमा पैसा पठाउने व्यक्तिको विवरण, रेमिट्यान्स एजेन्ट र मनी ट्रान्सफर कन्ट्रोल नम्बर प्रविष्ट गरेर आफ्नो खातामा सिधै रकम प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

बैंकका अनुसार १०० भन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनीहरूबाट पठाइएको रकम सजिलै प्राप्त गर्न सकिनेछ। यो सुविधाको थप सँगै अब ग्राहकहरू रेमिट्यान्स रकम लिन काउन्टर वा पेमेन्ट एजेन्टकोमा जानुपर्ने र लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने साथै समयको समेत बचत हुने बैंकको विश्वास छ।

यो सुविधा थप गरिएसँगै बैंकको आफ्नो डिजिटल बैंकिङ सेवा थप ग्राहकमैत्री तथा प्रविधि केन्द्रित हुने विश्वास बैंकले लिएको छ।

ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने निति बमोजिम मोबाइल एप्लिकेसनलाई अझै परिेष्कृत गर्दै जाने प्रतिबद्धता समेत बैंकले व्यक्त गरेको छ।