बैंक तथा वित्तीय संस्थाको २ खर्ब १२ अर्ब रुपैयाँ राष्ट्र बैंकमा, ६० अर्ब फेरि उठाउँदै

बिजमाण्डू
२०८२ असार ८ गते १०:५५ | Jun 22, 2025
बैंक तथा वित्तीय संस्थाको २ खर्ब १२ अर्ब रुपैयाँ राष्ट्र बैंकमा, ६० अर्ब फेरि उठाउँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट ६० अर्ब रुपैयाँ उठाउन लागेको छ। राष्ट्र बैंकले बोलकबोलमार्फत ६० अर्ब रुपैयाँ निक्षेप ४२ दिनका लागि उठाउन लागेको हो।

Tata
GBIME

यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव मागेको छ। आइतबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ।

राष्ट्र बैंकले साँवा तथा ब्याज साउन १८ गते भुक्तानी गर्नेछ। राष्ट्र बैंकले यसअघि निक्षेप संकलन उपकरणमार्फत खिचेको २ खर्ब १२ अर्ब ३० करोड रुपैयाँ परिपक्व हुन बाँकी छ।