बिपी राजमार्गमा राती गाडी चलाउन रोक, सबै प्रकारका सवारीसाधन सञ्चालनमा निषेध

बिजमाण्डू
२०८२ असार ६ गते २१:५३ | Jun 20, 2025
बिपी राजमार्गमा राती गाडी चलाउन रोक, सबै प्रकारका सवारीसाधन सञ्चालनमा निषेध
फाइल फोटो

काठमाडौं। बिपी राजमार्गमा साँझ ६र३० बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

Tata
GBIME

काभ्रे, सिन्धुली र रामेछापको संयुक्त सुरक्षा बैठकले १५ दिनका लागि लागि सवारीसाधन निषेधको निर्णय गरेको हो। शनिबारदेखि यो नियम लागू हुनेछ।  

सार्वजनिक, निजी तथा यात्रुवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो। बिपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुण्डेबेसी हुँदै सिन्धुलीतर्फ चल्ने सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो। यस्तै, सिन्धुलीबाट खुर्कोेट हुँदै काठमाडौँ आउन सवारीसाधनका लागि पनि यो नियम लागू हुनेछ।

मनसुन सक्रिय भई विपद्को सम्भावना रहेकाले सुरक्षा सतर्कताका लागि भन्दै सवारीसाधन सञ्चालन निषेध गरिएको हो।