टुरिजम इन्भेष्टमेन्ट फण्डले आइपीओ निष्कासन गर्दै, साधारण सभा असार २८ गते

बिजमाण्डू
२०८२ असार ६ गते १०:४५ | Jun 20, 2025
टुरिजम इन्भेष्टमेन्ट फण्डले आइपीओ निष्कासन गर्दै, साधारण सभा असार २८ गते

काठमाडौं। टुरिजम इन्भेष्टमेन्ट फण्डले आइपीओ निष्कासन गर्ने भएको छ। फण्डले आइपीओ निष्कासनको प्रस्तावसहित असार २८ गते साधारण सभा बोलाएको छ।

Tata
GBIME

जारी पुँजीको २०.५३ प्रतिशतले हुन आउने रकम बराबरको सेयर निष्कासन गर्ने प्रस्ताव फण्डले साधारण सभामा लान लागेको छ।

फण्डले साधारण सभामा ३ वटा सामान्य र ११ वटा विशेष प्रस्ताव पेस गर्दैछ।

आइपी‌ओ निष्कासनका लागि नियामकको स्वीकृति लगायत प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव साधारण सभाबाट पारित गर्ने तालिका छ।