
काठमाडौं। नेपाली क्रिकेट टोलीले नेदरल्याण्ड्सबाट १ सय ७५ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ। स्कटल्याण्डको ग्लास्गोस्थित टिटवुड मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको हो।
नेदरल्याण्ड्सको स्कोर माथि लैजान ओपनर माइकल लेभिटको महत्वपूर्ण भूमिका रह्यो। उनले ५३ बलमा ६ चौका र ५ छक्काको सहायतामा ८६ रन बनाए। त्यस्तै, रोइलोफ भान डेरले २१ बलमा अविजित ३६ रनको योगदान दिँदा आर्यन दत्त १७ रनमा अविजित रहे।
बलिङमा नेपालका करण केसीले २ विकेट लिँदा ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह र सन्दीप लामिछानेले समान १ विकेट लिए।
नेपाल केहीबेरमा जवाफी ब्याटीङमा उत्रिँदैछ।